मलाई असफल बनाउने र साथ दिनेलाई नियालेर काम गर्छुः उपकुलपति डा.बिक्रम श्रेष्ठ

  • भदौ ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल हुने छुट नहुने प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. बिक्रम श्रेष्ठले बताउनु भएको छ ।

शुक्रबार नेकपा (एमाले) का नेतृत्व तथा मजदुर नेताहरुसंग कुराकानी गर्नुहुँदै उपकुलपति डा. श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । वहाँले भन्नुभयो मेरो नियुक्ती भलै राजनीतिक हो तर म कुनै राजनीतिक आग्रह पूर्वाग्रह बीना सबैको साथ र सहयोग लिएर काम गर्छु ।म प्रतिष्ठानमा २५ वर्षदेखि काम गरिरहेको छु, म धरानबासी हुँ, यस अघि शिक्षाध्यक्ष भएर काम गरेको अनुभव पनि छ, मलाई असफल बनाउनेहरु पनि छन् र साथ दिनेहरु पनि छन् सबैलाई नियालेर काम गर्छु डा. श्रेष्ठको कथन थियो ।

म अलिक सोझो छु, तर, इमान्दार छु मैले काम गर्दा कुनै वाधा व्यवधान आयो भने मलाई तपाईँहरुको साथ चाहिन्छ उपकुलपति श्रेष्ठको आग्रह थियो । भेटमा नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले प्रतिष्ठानको परम्परागत संरचनाहरु जसले प्रतिष्ठानलाई सुधार हुन बाधा पुर्याइरहेको छ, त्यसको समुल शल्यक्रिया गनु पर्ने सुझाउनु भएको थियो ।

राईले प्रतिष्ठानको प्रशानिक सुधार गर्दै जनताको दैनन्दिन सेवालाई चुस्त र छरितो बनाउनु पर्ने, सेवालाई नयाँ क्षेत्रमा विस्तार गर्दै आवश्यक पूर्वाधारको विकास र अति जरुरी स्वास्थ्य परिक्षणका साधनहरु (इक्युपमेन्ट) को व्यवस्था गर्दै प्रतिष्ठानलाई सुविधा सम्पन्न स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गर्न सुझाव दिनु भएको थियो । डा.श्रेष्ठसंगको भेटघाट टोलीमा नेकपा (एमाले) कोशी प्रदेशका सदस्यहरु सूर्य पन्धाक, शुशीला पहाडी, मौसम राई ध्रुव राई, सुनसरी जिल्ला सदस्य राजमणी निरौला, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नगर सदस्य दिपक बनेपाली लगायतका नेताहरु सहभागी रहनु भएको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved