सप्तकोशी डेभलपमेन्ट वैंकको मुनाफा १० करोड ९४ लाख

  • भदौ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोशी प्रदेशको मोरंग जिल्ला स्थित विराटनगरमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लि.ले आर्थिक बर्ष . २०८१÷०८२ मा . १० करोड ९४ लाख मुनाफा गर्न सफल भएको छ ।
बैंकका सामान्य सेवा विभाग प्रमुख बावुराम सुवेदीले बैंकले खुद मुनाफा तर्फ गत वर्षको . २ करोड २५ लाखमा २४० प्रतिशतको बृद्घि सहित . ७ करोड ६६ लाख आर्जन गर्न सफल भएको बताए । खुद मुनाफाका हिसावले बैंकको प्रति शेउर आम्दानी .९.१८ रुपैयाँ कायम हुन आएको छ । बैंकले आ.व. २०८१÷८२ कालागि प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार आषाढ,२०८१ मा रहेको ७ करोड ९ लाखको निक्षेपमा ६.९१ प्रतिशतले वृद्घि भई ७ करोड ५८ लाख पुगेको विभाग प्रमुख सुवेदीले बताए । कर्जा लगानी तर्फ गत आ.व.को ४ अर्व ६८ करोडमा २७.९४ प्रतिशतको वृद्घि सहित .६ अर्व पु–याउन सफल भएको जनाइएको छ ।
त्यसैगरि बैंकको गत आ.व.मा ९ं.६८ प्रतिशत रहेको निस्कृय कर्जाको अंश यस आ.व.मा ९.१० प्रतिशत कायम भएको छ ।
हाल बैंकले कोशी प्रदेशभर आफ्ना ३६ कार्यालयहरु मार्फत १३५,००० भन्दा वढी निक्षेप तथा ६,००० भन्दा वढी कर्जा गा्रहकहरुलाई सेवा प्रवाह गरि सप्तकोशी डेभलपमेन्ट वैंक लिमिटेडले जनाएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved