झिलझिलेमा घाइतेको सुन चोरी आरोपमा दुई जना पक्राउ

  • भदौ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर :एआई

झापा/ झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेका घाइतेको सुन चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गत साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए। स्थानीयले उनलाई एम्बुलेन्समार्फत अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको भन्दै पीडित पक्षले साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन दिएका थिए।

अनुसन्धानका क्रममा उक्त सिक्री घाइतेको उद्धारमा संलग्न शिवसताक्षी–८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूले चोरी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

साउन ३२ गते साँझ गणेशचोकबाट उनीहरूलाई नियन्त्रणमा लिँदा ३९ ग्राम २२ मिलिग्राम तौल भएको सिक्रीको टुक्रा र नगद ३० हजार बरामद गरिएको प्रहरीले जनाएको छ।

मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा उनीहरूमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved