धरानमा ‘गरिमा समर क्याम्प–२०८२’ सम्पन्न

  • भदौ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ‘गरिमा समर क्याम्प–२०८२’ विविध प्रस्तुति सहित शनिबार समापन भएको छ।

धरान–१५ सदन सभा भवनमा सम्पन्न कार्यक्रमको सभापतित्व सेन्टरका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुले गरेका थिए भने एन प्याव्सन धरानका अध्यक्ष भगत लिम्बु प्रमुख अतिथिका रुपमा उपस्थित थिए।

समर क्याम्पमा सहभागि बालबालिकाले सिकेका नृत्य, क्याटवाक/र्याम्पवाक, वाककला लगायतको प्रतिभा प्रस्तुत गर्दै प्रमाणपत्र ग्रहण गरेका थिए। कार्यक्रममा धरान उप–महानगरपालिका न्यायपालिका सदस्य झरना मुखिया (पौडेल), समाजसेवी टंककुमारी गुरुङ, एशियन थाई फुड्स प्रा.लि.का धरान एरिया अफिसर तथा कलाकार अमित गुरुङ र सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन राईलगायतले प्रमाणपत्र प्रदान गरेका थिए।

अध्यक्ष लिम्बुले विद्यार्थीले विद्यालय शिक्षासँगै आफनो प्रतिभालाई निखार्दै अघि बढाउनुपर्नेमा जोड दिएका थिए। प्रतिभा अनुरूप पेशा बनाउन सकिने भएकाले यस किसिमका प्रशिक्षण उपयोगी हुने उनले बताए।

साउन १ देखि २८ गतेसम्म दुई चरणमा सञ्चालन भएको समर क्याम्पमा धरानका १५ विद्यालयका ३६ बालबालिकाले नृत्य, क्याटवाक/र्याम्पवाक, पब्लिक स्पीकिङ, भ्रमण तथा स्वीमिङलगायत गतिविधिमा सहभागिता जनाएका थिए।

समर क्याम्पमा नृत्य प्रशिक्षण बिनिता राई र पावल राई, क्याटवाक÷र्याम्पवाक तालिम हिमाल विश्वकर्माले र वाककला (बोल्ने कला) तालिम सन्जु राई (सुमित्रा)ले प्रदान गरेका थिए।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved