वडाध्यक्ष आफै विद्यालयको अध्यक्ष चृुनिए

  • भदौ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/ अहिले जिम्मेवारी वहन गर्ने भन्दा पनि पद ओगट्ने प्रवृतिले कुनै पनि क्षेत्रमा नतिजा निस्किने काम नहुने गरेको गुनासो हुने गरेको छ । 

अरु त अरु भोजपुरको अरुण गाउँपालिकाका एक जनप्रतिनिधिमा पनि पदको भोक अति देखिएको स्थानीयले टिप्पणी गरेका छन् ।

भोजपुरको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापा आफै नियम विपरित सामुदायिक विद्यालयको व्यवस्थापन अध्यक्षमा बनेका छन् ।

गत असारमा भएको विद्यालय व्यवस्थापन समितिको भेलामा सो वडाको एक मात्र प्रस्तावित सगरमाथा माध्यमिक विद्यालयको अध्यक्षमा थापा आफै चुनिएका हुन् ।

यस विद्यालयले पछिल्लो एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याएर पालिकाको नै प्रथम विद्यालय बनेको थियो ।

विद्यालयको रेखदेख र आवश्यक निर्देशन दिनुपर्ने वडाध्यक्ष थापा आफै समितिको अध्यक्ष भएसँगै शिक्षाको गुणस्तर खस्किनेमा अभिभाकहरु चिन्तित छन् ।

‘विद्यालयमा प्रत्यक्ष राजनीतिक हस्तक्षेप देखिँदैछ । योग्य अभिभावकहरू हुँदाहुँदै कानुन विपरीत बलजफ्ती वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व सुम्पनु उपयुक्त भएन’ एक अविभावकले गुनासो गरे ।

विद्यालयका लागि जग्गादान गरेका टेकबहादुर बस्नेत वडाध्यक्ष समितिको अध्यक्ष बन्नु मर्यादा विपरित हुने बताउँछन् । ‘वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नु कुनै दृष्टिकोणले पनि उपयुक्त भएन ।

वडाध्यक्ष आफै अनुगमन गर्ने र आफै अनुगमन हुने संस्थाको अध्यक्ष हुन सक्दैन । अध्यक्षको बालबच्चा पनि यस विद्यालयमा पठनपाठन गर्दैनन् । विद्यालयमा हुने गतिविधि पारदर्शी र निष्पक्ष होला भन्न सकिन्न ।’

थापा अरुण गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक र वडा शिक्षा समितिका अध्यक्ष समेत हुन् । २०८० भदौमा विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले निर्वाचित वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

उक्त रिटमा २०८१ साउन १६ गते अदालतले पूर्णपाठ सार्वजनिक गर्दै ‘वडाध्यक्ष आफै अनुगमन गर्ने र आफै अनुगमित हुन सक्दैन’ भन्दै सर्वोच्चले पनि जनप्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नसक्ने फैसला गरेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved