सुनसरीबाट फरार कैदी रुपक पौडेल झापाबाट पक्राउ

  • साउन ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /सुनसरी कारागारबाट फरार भएका कैदी रुपक पौडेल पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय पौडेललाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको हो ।

मिति २०८२ साउन २८ गते पर्खाल नाघी कारागारबाट फरार भएका पौडेललाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–१०, विराटपोखरीमा लुकिछिपी बसिरहेको अवस्थामा ३१ गते बिहान करिब ६ बजे नियन्त्रणमा लिन सफल भएको हो ।

सुनसरी जिल्ला अदालतले पौडेललाई जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र तीस हजार क्षतिपूर्ति तिर्नु पर्ने सजाय तोकेको थियो । 

सजाय भोगिरहेको अवस्थामा कारागारबाट भागेका उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved