सुनसरीबाट फरार कैदी रुपक पौडेल झापाबाट पक्राउ

  • साउन ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /सुनसरी कारागारबाट फरार भएका कैदी रुपक पौडेल पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय पौडेललाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको हो ।

मिति २०८२ साउन २८ गते पर्खाल नाघी कारागारबाट फरार भएका पौडेललाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–१०, विराटपोखरीमा लुकिछिपी बसिरहेको अवस्थामा ३१ गते बिहान करिब ६ बजे नियन्त्रणमा लिन सफल भएको हो ।

सुनसरी जिल्ला अदालतले पौडेललाई जबरजस्ती करणी कसूरमा १३ वर्ष कैद, पाँच लाख रुपैयाँ जरिवाना र तीस हजार क्षतिपूर्ति तिर्नु पर्ने सजाय तोकेको थियो । 

सजाय भोगिरहेको अवस्थामा कारागारबाट भागेका उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved