नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण

  • साउन ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ ।

उपकुलपतिको नियुक्ति भएसँगै नियुक्ति पत्रका लागि उहाँ काठमाण्डौ जानु भएको थियो ।

बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठ आज शुक्रबार काठमाण्डौबाट धरान फर्किएर आजै प्रतिष्ठानको कुलपतिको पदको कार्यभार सम्हाल्नु भएको हो ।

कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति प्रा.डा श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो ।

उहाँले विगतको जस्तो पदाधिकारीहरुको वेमेलको अवस्था सिर्जना हुन नदिने वातावरण तयार पार्न आफूबाट हरसम्भव कोशिश गर्ने बताउनुभयो ।

उहाँले एक बर्षभित्रमा बीपीको वेथिति धेरै न्यूनिकरण भएर जाने प्रतिबद्धता जनाउनुभयो ।उहाँले आफू उपकुलपतिमा नियुक्तिको लागि धेरैको सहयोग भएको सबैजना मनदेखि नै खुशी भएको आफूले पाएको बताउनुभयो । उहाँले केही गर्छ भन्ने हेतुले सबैले आफुलाई माया गरेको बताउदै त्यो अनुसारको काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

पदभार ग्रहणमा प्रतिष्ठानका अस्पताल निर्देशक, शिक्षाध्यक्ष तथा रजिष्ट्रार सहित शिक्षक, कर्मचारीहरुले उहाँलाई स्वागत गरेका थिए ।

प्रतिष्ठानको उपकुलपतिमा चारजनाको नाम सिफारिस भएकोमध्ये उहाँलाई सरकारले प्रतिष्ठानको उपकुलपतिको पदमा नियुक्ति गरेको हो ।

प्रारम्भमा सर्च कमिटीले प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय गरे पनि प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठलाई सिफारिसमा छुटाउन नहुने भन्दै चर्को दबाब भएपछि उहाँको नाम समेत सिफारिसमा थपिएर आएको थियो ।

उपकुलपतिमा नियुक्त भएका प्रा.डा. श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ ।

विगतमा उहाँ प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी सम्हालीसक्नु भएकोले उहाँबाट बीपी प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, विद्यार्थीका साथ धरानेहरुले बीपीको विकास हुने ठूलो अपेक्षा राखेका छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved