डिपो बास्केटबल कपको फाइनलमा सुनाखरी धरान र प्याराडाइज तरहरा भिड्दै

  • साउन १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt _बिकास चाम्लिङ राई

धरान/विद्यालयस्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप अन्तर्गतको फाइनल खेलमा सुनाखरी स्कुल धरान र प्याराडाइज स्कुल तरहराले स्थान सुरक्षित गरेका छन्।

आइतबार धरान–१६ स्थित इनडोर बास्केटबल कोर्टमा सम्पन्न सेमिफाइनल खेलमा सुनाखरी स्कुलले आइडल स्कुललाई ४८–३९ र प्याराडाइज स्कुलले कार्मेल हाई स्कुललाई ३९–३६ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्।

सुनाखरी र आइडल स्कुलबीचको खेलमा पहिलो क्वाटरमा आइडल ९–७ ले अघि रहेको थियो। तर दोस्रो क्वाटरमा सुनाखरीले २३–६ को फराकिलो अग्रता बनाउँदै लय समातेको थियो। तेस्रो क्वाटर १०–८ ले जितेपछि चौथोमा १६–८ ले पछि परे पनि कुल अंकमा अग्रता बनाउँदै सुनाखरीले जित निकाले।

त्यस्तै, प्याराडाइज र कार्मेलबीचको खेलमा पहिलो क्वाटर ६–६ को बराबरीमा सकिएको थियो। दोस्रो क्वाटरमा कार्मेलले ९–३ को अग्रता बनाए पनि तेस्रो क्वाटरमा प्याराडाइज १६–८ ले अघि बढ्यो। चौथो क्वाटर १५–१४ को बराबरी भए पनि अन्तिम नतिजामा प्याराडाइजले तीन अंकले अग्रता बनाउँदै जित दर्ता गर्‍यो।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुनाखरीका बिक्रम श्रेष्ठ र दोस्रो सेमिफाइनलमा प्याराडाइजका प्रीन्स खत्री ‘म्यान अफ दी म्याच’ घोषित भए। उनीहरूलाई राष्ट्रिय रेफ्री युगल लिम्बू र आयोजक डिपो स्कुलका खेलकुद संयोजक उमेश ताम्रकारले ट्रफी प्रदान गरे।

कक्षा १० सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा कुल १८ टिमले सहभागिता जनाएका थिए। विजेता टिमले नगद रु २०,०००, उपविजेताले नगद रु १०,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। ‘मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) ले रु १,०००, ट्रफी र प्रमाणपत्र, भने हाइ स्कोररले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको व्यवस्थापनमा प्रतियोगिता डिपो स्कुलको कोर्टमा सञ्चालन भइरहेको छ। फाइनल खेल सोमबार बिहान ८ बजे सुरु हुने आयोजकले जनाएको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved