धरान बर्ष खेलाडी साहिल र बर्षा घोषित

  • साउन १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान अवार्ड २०८२ बाट यस बर्ष करातेबाट साहिल राई र महिलातर्फ बर्षा राई घोषित भएका छन् ।

धरान १५ स्थित होटल किचनमा आयोजित धरान खेलकुद मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रममा कराते विधातर्फका पुरुष र महिलातर्फ साहिल र बर्षा उत्कृष्ट धरान बर्ष खेलाडी घोषित भएका हुन् ।अवार्ड प्राप्त गर्ने दुवै जनालाई जनही नगद ३०÷३० हजारसहित अवार्ड प्राप्त गरका छन् ।

यसैगरि उत्कृष्ट प्रशिक्षकमा करातेका किरण लामाले अवार्ड प्राप्त गरेका छन् । उनले नगद २० हजारसहित अवार्ड प्राप्त गरे । यस्तै, उत्कृष्ट राइजिङ प्लेयरको अवार्ड टेवलटेनिसकी सुलेखाकुमारी ठाकुर घोषित हुदै नगद १५ हजारसँगै ट्रफी हात पारिन् ।

मोष्ट भ्यालुएवल पर्फमेन्स अफ दि इयरको पुरस्कार फुटवल खेलाडी धरान १७ का मनोज राई पाए भने फरक क्षमता भएका खेलाडी विवेक राईले स्वर्गीय विक्रम राई स्मृति बिशेष प्रतिभा पुरस्कार प्राप्त गरे ।

यस्तै लिजेन्ड अफ दि इयर २०८२ को सम्मान करातेका वरिष्ठ प्रशिक्षक दिपेश शाक्य (मुकेश) लाई नगद १५ हजारसहित प्रदान गरिएको थियो । यसैगरि विगत बर्षदेखि शुरु गरेको उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट यस बर्ष ब्लाष्टका कार्यकारी सम्पादक भोजराज श्रेष्ठलाई नगद १५ हजार सहित पुरस्कृत गरिएको थियो ।

अवार्ड वितरण कार्यक्रमको प्रमुख अतितिका रुपमा कोशी प्रदेश सांसद विजय राई रहेका थिए । कार्यक्रमको उद्घाटनपश्चात राईले धरानका विभिन्न खेलसम्बन्धी संस्थाहरुले खेलकुदको विकासमा जति गरेको छ त्यति संघ, पदेश र स्थानीय तहले नगरेको बताए ।

यसैगरि विशेष अतिथिको रुपमा रहनु भएका कोशी प्रदेशका सांसद रमेश बस्नेतले धरानको खेलकुद विकासका लागि पूर्वाधार विकासका लागि कोशी प्रदेशमा पहल भइरहेको बताएका थिए ।

मञ्चका अध्यक्ष किशोर राईको अध्यक्षमा भएको सो कार्यक्रममा धरान १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण), वडा १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज), वडा ८ का अध्यक्ष धनबहादुर राई, एन्फा सुनसरी अध्यक्ष नविन राई, धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङलगायतको उपस्थिति रहेको थियो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved