तेह्रथुमको देउरालीमा बस दुर्घटना: १४ जना घाइते, एकको अवस्था गम्भीर

  • साउन १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/संखुवासभाको धर्मदेवी नगरपालिका–९ मुलगाउँबाट झापाको दमक जाँदै गरेको यात्रुवाहक बस तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित देउराली घुम्तीमा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्।

बा २ प ७२४४ नम्बरको बस शुक्रबार दिउँसो सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेहरूमा संखुवासभा धर्मदेवी–९ का २३ वर्षीय सविन विष्ट, धर्मदेवी–७ का २५ वर्षीय भवानी कार्की, ७ वर्षीया असीमित भारती, ९ वर्षीया हिरा भारती, ५६ वर्षीया रत्नमाया कटुवाल, १२ वर्षीय विष्णु कटुवाल, मनकुमार कटुवाल, ५२ वर्षीया धनमाया चापागाईं, धर्मदेवी–६ का ५२ वर्षीय श्रीमान तामाङ, १५ वर्षीया प्रतिमा कटुवाल, १६ वर्षीया सोममाया याईम, ३० वर्षीय सुजन कटुवाल, ६२ वर्षीय दलबहादुर कार्की र धनकुटा महालक्ष्मी–१ का २४ वर्षीय विमल विक रहेका छन्।

घाइतेमध्ये सविन विष्टको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटना पश्चात् चालक खेम महत फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved