चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो कपः क्वाटरफाइनलमा प्राडाइज, प्रभात, लिट्ल फ्लावर, पुर्वाञ्चल, सुनखरी र काम्रेल

  • साउन १७, २०८२
  • कोशीपत्र/संवाददाता
alt _बिकास चाम्लिङ राई

धरान/डिपो स्कुलको आयोजनामा बिहीबारदेखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप अन्तर्गत शुक्रबारका खेल सकिँदासम्म प्राडाइज स्कुल तरहरा, प्रभात स्कुल, लिट्ल फ्लावर झापा, पुर्वाञ्चल स्कुल तरहरा, सुनखरी स्कुल र काम्रेल हाइस्कुल क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

शुक्रबार भएको खेलमा:

• प्राडाइज स्कुल तरहराले डिपो स्कुल धरानलाई ३२–२० ले,

• प्रभात स्कुलले मेघा स्कुल धरानलाई ५४–३६ ले,

• लिट्ल फ्लावर स्कुल झापाले युनाइटेड स्कुललाई ४९–४ ले,

• पुर्वाञ्चल स्कुल तरहराले इस्ट होराइजनलाई ३३–२७ ले,

• सुनखरी स्कुलले ग्रीनफिल्ड झापालाई २८–२४ ले,

• काम्रेल स्कुलले समिट स्कुललाई ५६–४३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

 उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू म्यान अफ द म्याच घोषित भए:

• प्रिन्स खत्री (प्राडाइज),

• सान्केन राई (प्रभात),

• कुवुङ केरुङ (लिट्ल फ्लावर),

• कुशल कार्की (पुर्वाञ्चल),

• विक्रम श्रेष्ठ (सुनखरी),

• रियान्स खजुरिया (काम्रेल)।

उनीहरूलाई डिपो स्कुल व्यवस्थापन समिति सदस्य खड्कशम्सेर लिम्बू, राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई र राष्ट्रिय महिला खेलाडी डा. आशा राईले ट्रफी प्रदान गरेका थिए।

कक्षा १० सम्मका खेलाडी सहभागी प्रतियोगितामा जम्मा १८ टिम सहभागी छन्। प्रतियोगिताका विजेताले रु. २० हजार, उपविजेताले रु. १० हजार, साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, मोस्ट भ्यालुएबल प्लेयर (MVP), हाई स्कोरर र म्यान अफ द म्याच खेलाडीहरूलाई पनि ट्रफी र मेडल प्रदान गरिनेछ।

अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई प्रोत्साहन स्वरूप नगद रु. १,००० र आफ्नो पुरस्कारप्राप्त कृति "गोरु चिन्तन" पुस्तक उपहार स्वरूप प्रदान गर्ने घोषणा गरेका छन्।

सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको व्यवस्थापनमा सम्पन्न हुने सबै खेल डिपो स्कुलको बास्केटबल कोर्टमा सञ्चालन हुनेछ।

आजका क्वाटरफाइनल खेलहरूः

• आइडल स्कुल vs प्रभात स्कुल

• प्राडाइज स्कुल तरहरा vs पुर्वाञ्चल स्कुल तरहरा

• सुनखरी स्कुल vs लिट्ल फ्लावर झापा

• हिमशिखर स्कुल तरहरा vs काम्रेल हाइ स्कुल

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved