एक कट्ठाबाट सुरु, करोडौं आम्दानीसम्म: विर्तामोडका प्रदीपको बेमिसाल कृषियात्रा

  • साउन १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 झापा/ “सपना हो कि हकीकतरु” लाग्न सक्छ, जब सुन्नुहुन्छ – विर्तामोड–७ का एक युवकले एक कट्ठा खेतबाट सुरु गरेको तरकारीखेतीले अहिले करोडौं आम्दानी दिइरहेको छ। यही हो, प्रदीप खनालको सफल कृषियात्रा।

सात वर्षअघि ठेक्कापट्टाको काम छाडेर हातमा कोदालो समातेका खनाल अहिले ‘हाम्रो कृषि फार्म’मार्फत व्यावसायिक रूपमा उभिएका छन्। अहिले उनी भाडामा लिएको ४५ बिगाहा जमिनमध्ये १६ कट्ठामा मात्र बोडीखेती गरेर दैनिक ५०० केजी बोडी उत्पादन गरिरहेका छन्।

“फार्मको बोडी नगरपालिकाका सात वटा सुपथ मूल्य पसलमा बिक्री हुन्छ,” खनाल भन्छन्, “बजार मूल्य घटे पनि नगरपालिकाको समर्थन मूल्यले चिन्ता गर्नु पर्दैन।”

बजारमा हाल बोडी प्रतिकेजी ३० देखि १०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। विषादी जाँच गरेर मात्र पसलमा बिक्री हुने व्यवस्था नगरपालिकाले अपनाएको छ।

धन, मेहनत र भरोसाको खेती

खनालको फार्ममा २० बिगाहा जमिनमा धान, पाँच बिगाहामा तरकारी, १५ बिगाहामा अम्बक र बयरजस्ता फलफूल, बाँकी चार बिगाहामा लौका, भिन्डी, खुर्सानी आदि उब्जाइन्छ।
उनको दाबी अनुसार, अहिले वार्षिक एक करोड रुपैयाँ नाफा भइरहेको छ। “यस वर्ष दुई करोड रुपैयाँसम्मको तरकारी बिक्री हुने अपेक्षा छ,” खनाल उत्साहित देखिन्छन्।

फार्ममा हाल २५ जना स्थायी कर्मचारी छन् भने दर्जनौं व्यक्ति ऋतु अनुसारको मौसमी रोजगारीमा आबद्ध छन्। “शुरुमा त पत्यार लाग्दैनथ्यो, तर अहिले एकै अम्बक आधा केजीसम्म फल्छ,” उनी सुनाउँछन्।

‘पारिको होइन, वारिको’ अभियान सफल बन्दै

विर्तामोड नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै ‘पारिको होइन, वारिको’ अभियान सञ्चालन गरिरहेको छ। कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरिया भन्छन्, “हाम्रो लक्ष्य आत्मनिर्भर नगर बनाउने हो। बोडीमा ३० रुपैयाँ समर्थन मूल्य तोकिएको छ, जुन मूल्यमा बिक्री नभए घाटा पूर्ति नगरपालिकाले गर्छ।”

कृषक प्रोत्साहनमा नगरको योजनाले बिस्तारै आयात प्रतिस्थापन गर्ने सम्भावना देखिएको छ। प्रदीप खनाल जस्ता युवाको उदाहरणले नेपालमै बसेर कृषि मार्फत आत्मनिर्भर र समृद्ध बन्न सकिन्छ भन्ने प्रेरणा मिलेको छ।

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved