आज साउनको दोस्रो सोमबार: शिवालयमा भक्तजनको घुइँचो

  • साउन १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आज साउन महिनाको दोस्रो सोमबार पर्न आएकाले बिहानैदेखि देशका विभिन्न शिव मन्दिरहरूमा भक्तजनहरूको बाक्लो उपस्थिती देखिएको छ। विशेषगरी धरानको  पिण्डेश्वर धाम, सप्तकोशी धाम र भालुखोप शिवालयमा श्रद्धालुहरूको भीड लागेको छ।

धरान र आसपासका क्षेत्रबाट बोलबम नारा लगाउँदै भक्तजनहरू नाङ्गो खुट्टा पैदल हिँडेर पिण्डेश्वरमा जल चढाउन आएका छन्।

 कतिपय भक्तजनहरू विभिन्न टोली बनाएर झाँकी सहित धार्मिक गीतसंगीत बजाउँदै पिण्डेश्वर धाम पुगेका छन्।

"साउन सोमबार शिवजीलाई जल चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वासले हामी वर्षैपिच्छे बोलबम यात्रा गर्छौं," धरान १२ का एक भक्त रविन राईले भने।

धरान उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय धरान, रेडक्रस तथा अन्य सामाजिक संघसंस्थाहरूको सहयोगमा मन्दिर परिसरमा सुरक्षासहितको व्यवस्थापन मिलाइएको छ। पिण्डेश्वर प्रवेशद्वारमा भक्तजनको सहजताका लागि प्राथमिक उपचार कक्ष, पानी वितरण केन्द्र र स्वयंसेवक टोली परिचालन गरिएको छ।

शिवभक्तहरूले बिहानैदेखि व्रत बसेर शिव मन्दिरमा बेलपत्र, दूध, गंगाजल, धतुरो र आक चढाउँदै पूजा आराधना गरेका छन्। वातावरण ‘बोलबम’, ‘हर हर महादेव’ लगायतका नाराले गुञ्जिएको छ।

साउन महिनाको सोमबारलाई भगवान शिवको विशेष दिन मानिन्छ। पुराणहरू अनुसार यस दिन ब्रह्माण्डका संहारकर्ता शिवजी प्रसन्न हुने विश्वासका साथ भक्तजनले व्रत, जलाभिषेक र पूजापाठ गर्दछन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved