बराहलाई सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग

  • साउन १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt फायल तस्वीर

धरान/ बराह वचत तथा ऋण सहकारी लिमिटेड धरानलाई पीडितहरुले संकटग्रस्त घोषणा गर्नको लागि माग गरेका छन।

बराह पीडित स्वततन्त्र समहुले काठमाण्डौमा पत्रकार सम्मेलन गरि उक्त बराह सहकारीलाई संकटग्रस्त घोषणा गर्नको लागि माग गरेका हुन् ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले सङ्कटग्रस्त सहकारी घोषणा नगरी कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्ने भएकाले पत्रकार सम्मेलनमा समूहका संयोजक शङ्कर थापाल सङ्कटग्रस्त सहकारी घोषणा नगर्दा सहकारीको सम्पत्ति थप हिनामिना हुने भएकोले नगर प्रमुख हर्क साम्पाङलाई थप आग्रह गर्नको लागि माग गरेका छन् ।

धरान उमहानगरपालिकाले तत्काल सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्ने मेयर साम्पाङ समक्ष प्रस्ताव कार्यपालिका बैठकमा लगेर कार्यान्यन गर्न पीडितहरुले माग गरेका छन् ।

यस अघि पनि बराहलाई संकटग्रस्त घोषणा गर्नको लागि कार्यपालिका बैठकमा लगिएको भएपनि उक्त कुरालाई उपमहानगरपालिकाले वेवास्ता गरेको आरोप पीडितहरुले लगाएका छन् ।

संयोजक थापाले अव पुन आफुहरुले मेयर , उपमेयर,वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूलाई पनि बराहका बचतकर्ताहरूको हितका लागि सङ्कटग्रस्त सहकारी घोषणा गर्न आग्रह गरिएकाले यसपालि उपमहानगरपालिकाले सङ्कटग्रस्त सहकारी घोषण गरिदिए कानुनी कारबाही परिणाममुखी रूपमा अघि बढाई दिनको लागि आग्रह गरेका छन् ।

यसैवीच बराह सहकारी पीडित स्वतन्त्र समूहले फरार घोषित मुख्य सञ्चालकहरूले अहिले पनि खुल्ला रूपमा सामाजिक सञ्जाल मार्फत पीडितहरूमा भ्रम फैलाउने कार्य जारी राखेको हुनाले उनीहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

समूहद्वारा फरार रहेका मुख्य सञ्चालकहरू शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, अमरबहादुर विश्वकर्मा, गङ्गा कालिकोटे लगायतका ‘गिरोह’लाई तत्काल पक्राउ गर्न माग गरेका हुन ।

बराह सहकारीमा रहेको ४९९१ शेयर सदस्य र विशेष बचतकर्ता १३३५४ को कुल १४०० सय करोड (चार अर्ब) साँवा, व्याज केही पनि नदिई हिनामिना गरेको विषयमा पछिल्लो पटक बचतकर्ताहरूले सुनसरी जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि कानुनी कारबाही अघि बढेको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved