'म प्रहरी हुँ' भन्दै रकम असुल गर्ने युवक मोटरसाइकलसहित नियन्त्रणमा

  • साउन ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/ सुनसरीको इनरुवामा आफूलाई प्रहरी बताउँदै सर्वसाधारणलाई धम्क्याएर रकम असुल गर्दै हिँडेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–९ बस्ने ३० वर्षीय पवन मेहेता हुन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पवन मेहेता आफू सादा पोशाकमा खटिने प्रहरी हुँ भन्दै विगत केही दिनदेखि सर्वसाधारणलाई धाकधम्की दिँदै रकम असुल गर्दै आएका थिए।

उक्त गतिविधिको विशेष सूचनाका आधारमा साउन ८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी पोष्ट पोखरीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

पवनलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ चप्राहा क्षेत्रबाट को.१५ प.८८७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। हाल पवन मेहेतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान जारी राखिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved