देशका केही जिल्लामा मेघगर्जनसहित वर्षा, बाढी र पहिरोको जोखिम

  • साउन ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ देशका केही जिल्लामा सक्रिय मौसमी प्रणालीका कारण मौसम अस्थिर बनेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका केही भूभागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश, मधेशको पूर्वी भू–भाग, गण्डकीको स्याङ्जा, बागलुङ, कास्की र कर्णाली प्रदेशको जाजरकोट, सुर्खेत, डोल्पा र सिमिकोट आसपासका क्षेत्रमा मौसमी प्रभाव उच्च देखिएको हो।

महाशाखाले दिएको जानकारीअनुसार हाल सक्रिय मौसमी प्रणाली क्रमशः दक्षिण–पश्चिमतर्फ सर्दै गएको छ। यसका कारण प्रभावित जिल्लासँगै आसपासका क्षेत्रमा समेत आगामी केही घण्टासम्म मौसम झन् अस्थिर रहने सम्भावना रहेको छ।

यसैबीच, महाशाखाले ती क्षेत्रका बासिन्दालाई बाढी, पहिरो र चट्याङको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनार र पहिरो संभावित क्षेत्रबाट टाढा रहन, यात्रामा निस्कँदा सावधानी अपनाउन र मौसमसम्बन्धी नियमित जानकारी लिन समेत सुझाव दिइएको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved