‘अनुसूची छैन, बजेट छैन’ : मेयरको लापरवाहीले इटहरी नगरसभा भंग — उपमेयर चौधरी

  • साउन २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ इटहरी उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट समयमै पास हुन नसक्नुमा नगरप्रमुख हेमकर्ण पौडेलकै गैरजिम्मेवार र असंवेदनशील व्यवहार दोषी रहेको भन्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कडा आपत्ति जनाएका छन्।

बिहीबार एमाले इटहरी नगर कमिटी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उपमेयर संगीताकुमारी चौधरीसहित १५ वटै वडाका अध्यक्ष, सदस्य तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा यस्तो धारणा सार्वजनिक गरिएको हो।

उपमेयर चौधरीले १० असारमै बजेट र कार्यक्रम नगरसभामा पेस गरे पनि मेयर पक्षबाट समयमै छलफल नगरिएकै कारण बजेट शून्यतामा पुगेको बताइन्। “विगतमा अनुसूचीबिनै बजेट खर्च गरेर दुरुपयोग गरेको तथ्य महालेखा प्रतिवेदनमा समेत देखिन्छ,” चौधरीको भनाइ छ, “यसपटक भने अनुसूचीसहितको विनियोजन विधेयक पेस गर्न पटकपटक आग्रह गर्दा पनि सम्बन्धित विवरण मेयरले नै रोक्नुभयो।”

स्थानीय सरकार सञ्चालन ऐन अनुसार १० असारभित्र बजेट पेस भइसक्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै, संयोजनको जिम्मा पाएका शाखा तथा वडाबाट आवश्यक विवरण नआउँदा बजेट निर्माण असम्भव बनेको एमाले पक्षको भनाइ छ।

पत्रकार सम्मेलनमा वडाध्यक्ष उमेश सुवेदीले नगरसभामा पत्रकारमाथि मेयरले लगाएको आरोपप्रति क्षमायाचना गर्दै त्यो व्यक्तिगत प्रतिक्रिया भए पनि त्यसले पत्रकारिताको सम्मानमा आँच पुर्याएको बताए।

वडानम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाले मेयर पौडेलले सामाजिक सञ्जालमार्फत पत्रकार र जनप्रतिनिधिहरूप्रति देखाएको व्यवहार गम्भीर रहेको उल्लेख गरे। “५ घण्टासम्म पनि टिक्न नसक्ने स्टाटसबाट जनमानसमा भ्रम फैलाउने प्रयास भयो,” उनले भने।

एमालेले पत्रकार सम्मेलनमार्फत स्पष्ट पारेको छ कि उनीहरू विधिसम्मत बजेट निर्माणप्रति प्रतिबद्ध छन् तर मेयरकै ढिलासुस्ती, एकल निर्णय र पत्रकारमाथिको व्यवहार असह्य भएको बताउँदै प्रेस स्वतन्त्रता र इटहरी विकासका पक्षमा आफूहरू स्पष्ट अडानमा रहेको जनाएका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved