जिउँदो भाई मरेको बनाएर जग्गा विक्री

  • असार १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ का भरतबहादुर बस्नेतले भाइ केदारबहादुर बस्नेतको मृत्यु सरजमिन गरेर जग्गा बिक्री गरेको खुलेको छ ।

भाइको मृत्युको सरजमिन वडाध्यक्ष कुमार पोखरेलले गरिदिएका छन् ।विराटनगर–११ पिचराका ७० वर्षीय केदारबहादुर बस्नेत पूर्वप्रहरी निरीक्षक हुन् । उनी काठमाडौंमा बस्छन् ।

२०७५ साल असोज १० गते २०५८ सालमै उनको मृत्यु भएको भनि सरजमिन मुचुल्का बनाइएको फेला परेको छ । सुनसरीको जग्गा बिक्री भएपछि मात्रै केदारले आफ्नो मृत्युको कागज बनेको थाहा पाएका थिए ।

‘मलाई त जानकारी नै थिएन । दाजुले २०५८ मै मरेको भनेर सरजमिन बनाउनु भएछ,’ उनले भने, ‘सुनसरीको जग्गा बिक्री गरेपछि मात्रै सोधीखोजी गर्दा थाहा भयो ।

’आफू जिउँदै हुँदा जालसाजी गरेर मृत्युको सरजमिन गरेको भन्दै उनले जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेका छन् । उनको मुद्दा विचाराधीन छ । उनले नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष कुमार पोखरेल र तत्कालीन वडासचिव सूर्यबहादुर थापासहित १० जनालाई प्रतिवादी बनाएका छन् ।
केदारका अनुसार उनका बुवा पहलमान बस्नेतका ३ जना श्रीमती थिए। जेठी मायादेवी, माइली विष्णुकुमारी र कान्छी उमादेवीमध्ये उनी उमादेवीका जेठा छोरा हुन् ।

उनीतर्फका कान्छा पर्शुरामको २०६८ साल फागुनमा मृत्यु भएको थियो । केदारको मृत्यु भएको भनेर कागजात बनाउने भरतबहादुर बस्नेत माइली आमा विष्णुकुमारीका जेठा छोरा हुन् ।

जेठी मायादेवीलाई विवाहित साइली छोरी भगवतीले लालनपालन र रेखदेख गरेकी थिइन् । मायादेवीको २०४५ भदौमा मृत्यु भएको थियो । जग्गा भगवतीले नै भोगचलन गर्ने सहमति थियो ।

तर, जेठी मायादेवीका नाममा सुनसरीको हाँसपोसा गाविस ८ (ग) को कित्ता नम्बर १५६ को ३ कठ्ठा २ धुर र कित्ता नम्बर १५७ को ६ धुर गरी ३ कठ्ठा ८ धुर जग्गा एकलौटी बनाउन भरतबहादुरले केदारको मृत्यु भएको सरजमिन गराएका हुन् ।

जिउँदो भाइ केदारलाई मृत्यु भएको कागज बनाएका उनले आफूतर्फका भाइले भने पहिले नै अंश लिइसकेको उल्लेख गरेका छन् । मायादेवीको रेखदेख पनि आफूले नै गरेका कारण त्यो जग्गा उनले भोगचलनका लागि कागज बनाए ।

सम्पत्ति खाने अंशियारमध्येका १ लाई मृत्यु भएको कागज बनाएपछि सोही कागजातका आधारमा २०७५ सालमा उनले त्यो जग्गा आफ्नो नाममा ल्याएर २०८१ सालमा उनले डेढ कट्ठा जग्गा मोही हक छुट्याएर ७२ लाखामा बिक्री गरेको केदारले बताए ।जग्गा बिक्री गरेको थाहा पाएपछि सोधीखोजी गर्दा आफ्नो मृत्युको सरजमिन गरेको थाहा भएको केदारले बताए ।

उनले आफ्नो मृत्युको सरजमिन गर्दा दाजुले आमाको नाम पनि अर्कै लेखेको बताए । विराटनगरको २ नम्बर वडा कार्यालयले २०७५ असोज १७ गते केदार बस्नेतको मृत्यु भइसकेको व्यहोराको सरजमिन मुचुल्का बनाएको थियो ।

सरजमिन मुचुल्कापछि वडा कार्यालयले २०७५ असोज १९ गते मालपोत कार्यालय सुनसरी इनरुवालाई सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा जग्गा भरतको नाममा आएको थियो ।

त्यसको ५ वर्षपछि उनले जग्गा बिक्री गरेका थिए । वडाध्यक्ष पोखरेलले भने आफू कार्यक्रममा रहेको भन्दै प्रतिक्रिया दिन मानेनन् ।

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

श्रमदाताले यौन दुव्र ...

धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभा ...

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved