उदयपुरमा प्रेमी–प्रेमिकाको शव : हत्या कि आत्महत्या ? घटनास्थलमा किशोरीको शव सडकमा, युवक झुन्डिएको अवस्थामा फेला

  • असार ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

उदयपुर/ उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक किशोरी र एक युवक मृत अवस्थामा फेला परेका छन् ।

घटना हत्या हो कि आत्महत्या भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, स्थानीय १४ वर्षीया मञ्जु राईको शव बुधवार बिहान सडक छेउमा लडिरहेको अवस्थामा भेटिएको हो । सोही स्थानबाट करिब २ सय मिटर पर आँपको रुखमा २८ वर्षीय रवीन्द्र राई झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार घटनास्थलमा पुगेर दुवै शवको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको तयारी भइरहेको छ ।
‘अहिलेसम्म घटनाको यकिन कारण खुल्न बाँकी छ, अनुसन्धान भइरहेको छ,’ उनले जानकारी दिए ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा मञ्जुको शरीरमा नीलडाम र घाँटीमा चोट देखिएको जनाउँदै हत्या–आत्महत्याको आशंका गरेको छ । उनीहरूबीच केही समयदेखि प्रेम सम्बन्ध रहेको र पछिल्लो समय खटपट भइरहेको स्थानीयले बताएका छन् ।

मृतक मञ्जु सिंहदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् भने रवीन्द्र केही दिनअघि मात्र काठमाडौँबाट गाउँ फर्किएका थिए । उनीहरू एकै गाउँका छिमेकी हुन् र पुरानै चिनजान रहेको खुलेको छ ।

बिहानै स्थानीयले बाटोमा किशोरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खोजतलास गर्ने क्रममा नजिकै युवकको शव समेत भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार, ‘यो घटना प्रेम सम्बन्धकै कारण हो वा अरु कुनै कारण पनि जोडिएको छ भन्नेबारे गहिरो अनुसन्धान भइरहेको छ ।’

 

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved