धरानबाट इटहरी आउँदै गरेका दम्पती सवार मोटरसाइकल दुर्घटना, श्रीमतीकाे मृत्यु

  • असार ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/धरानबाट इटहरीतर्फ आउँदै गरेका दम्पती सवार मोटरसाइकल मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन्।

प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको पल्सर मोटरसाइकल दिउँसो करिब ३ः३५ बजे अनियन्त्रित भई कोशी लोकमार्गमा पल्टिएको थियो।

दुर्घटनामा धनकुटा पाख्रिबास नगरपालिका–४ स्थायी घर भई हाल इटहरी–१ हासँपोसा बस्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठ गम्भीर घाइते भएका छन्। मोटरसाइकलमा पछाडि सवार उनकी ४५ वर्षीया पत्नी हिरा मेघा गम्भीर घाइते भई बेहोस अवस्थामा भेटिएकी थिइन्।

अनुहारमा गम्भीर चोट लागेपछि उनलाई तत्काल विराटनगरस्थित आर्य न्युरो अस्पताल पुर्‍याइएको थियो। उपचारका क्रममा मंगलबार साँझ नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी सहायक निरीक्षक कमल प्रसाद घिमिरेले जानकारी दिएका छन्।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved