सुनसरीमा लागूऔषधसहित दुई जना पक्राउ

  • जेठ ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।

बिहिबार राति १०ः३० बजेको समयमा ईनरुवा नगरपालिका–४ स्थित बसचौक नजिक पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा स्कुटरमा लागूऔषध फेला पारेको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चेकजाँच गर्दा डिक्कीभित्र प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागूऔषध २७.९२ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

लागूऔषधसहित सिन्धुलीको दुधौली नगरपालिका–१० का ३३ वर्षीय अर्जुन कटुवाल र उदयपुरको कटारी नगरपालिका–२ का ३३ वर्षीय सुमन माझीलाई पक्राउ गरिएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धरानमा सिटी सफारी पल ...

धरान/ सुनसरीको धरान–११ सृजना चोकमा सिटी सफार ...

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved