पाथीभरा क्षेत्रमा वर्षासहितको हावाहुरीले ठूलो क्षति

  • जेठ २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ताप्लेजुङको प्रसिद्ध धार्मिक क्षेत्र पाथीभरा आसपासमा मंगलबार साँझ परेको वर्षासहितको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। काफ्ले पाटी र बलुडाँडा क्षेत्रमा हावाहुरीले घर, संरचना र सार्वजनिक सम्पत्तिमा क्षति गरेको हो।

स्थानीयका अनुसार, हावाहुरीले काफ्लेपाटीमा देउमान लामाको घरको छानामा रहेका सबै जस्तापाता उडाएको छ भने दलबहादुर पौडेलको भान्साघरको छाना समेत उडाएको छ।

घरका छानासँगै आसपास रहेका फलैँचा, चौतारा र होर्डिङ बोर्डसमेत उडाएको बताइएको छ।

कतिपय घरका सोलार प्लेटहरू हावाहुरीले भुइँमा झारेर फुटाएको छ।

माथिल्लो फेदी होटल व्यवसायी संघका अध्यक्ष इन्द्रनारायण भट्टराईका अनुसार बलुडाँडामा डिल्लीराम भट्टराई खत्रीको घर र विश्वकर्मा पार्टीसमेत भत्किएको छ।

त्यस्तै, स्थानीय खगेन्द्र केरुङ लिम्बूको छानो हावाले उचालेर जंगलसम्म पुर्‍याएको छ।

क्षेत्रमा असिना पानीसमेत परेको र असिनाले रुखका हाँगा भाँच्नुका साथै भुइँको झारपातसमेत क्षति भएको स्थानीयले जनाएका छन्।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved