ब्राउन सुगरदेखि ट्रामोलसम्म: लागू औषधसहित पाँच पक्राउ

  • जेठ २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt - तस्बिर: प्रदेश खबरबाट

धरान/ मोरङ, झापा र उदयपुरमा प्रहरीले तीन फरक स्थानबाट लागू औषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। 

लागू औषधविरुद्ध चलाइएको विशेष अभियानअन्तर्गत मोरङ, झापा र उदयपुर जिल्लामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्युरो, सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरू र स्थानीय प्रहरी टोलीको संयुक्त सक्रियतामा उनीहरूलाई तीन फरक स्थानबाट नियन्त्रणमा लिइएको हो।

मोरङको विराटनगर–१६ हुलासचोकबाट लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले कोशी गाउँपालिका–३ का ३५ वर्षीय श्याम कुमार यादवलाई ब्राउन सुगर १.५१० ग्रामसहित पक्राउ गरेको हो। उनलाई सोमबार साँझ ६ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट राति सवा ८ बजे वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिर्तामोड–४ की ४२ वर्षीया अन्जु मण्डल र बिर्तामोड–१ का २४ वर्षीय अशारु चौधरी रहेका छन्। उनीहरूको साथबाट ब्राउन सुगर २.०४ ग्राम बरामद गरिएको प्रहरीको भनाइ छ।

यता उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित स्थानबाट जिल्ला प्रहरी कार्यालय उदयपुरले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा–१० का २३ वर्षीय रोनिस दाहाल र १८ वर्षीय बसन्त मोते छन्।

उनीहरूको साथबाट ट्रामोल नामक लागू औषधका ५५ क्याप्सुल र हालसम्म नचिनिएका थप ३२ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएका छन्।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved