मिसेस स्टेट २०२५ का प्रतिश्पर्धिहरु प्रशिक्षणमा व्यस्त विकास चाम्लिङ राई

  • जेठ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रदेश सिजन थ्रीका प्रतिश्पर्धीहरु प्रशिक्षणमा व्यस्त रहेका छन ।

विवाहित महिलाहरुको क्षमता अभिवृद्धि तथा प्रदर्शन गर्ने उद्धेश्यले डव्लु डव्लु जि (वुमन्स वर्थ गु्रप) को आयोजनामा यहि जेष्ठ १५ गते हुन लागेको ग्रान्ड फिनालेका लािग उनिहरु प्रशिक्षणमा व्यस्त वनेका हुन ।

उनिहरुलाई मिसेस स्टेटका कोरियोग्रफर डिजे ललित राईले प्रशिक्षण गराइरहेका छन । सहभागिहरुको शारिरिक तथा मानसिक क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि सम्वन्धित विषयका विज्ञहरु द्धारा प्रशिक्षण गराइरहेको आयोजक वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठले जानकारी गराइन ।

सहभागिहरुलाई शारिरिक तथा मानसिक रुपमा वलियो वनाउन आत्मरक्षाका तालिम, सकरात्मक सोच, व्यक्तित्व विकाश, उद्घोष कला र अर्गानिक कृषि फार्म अवलोकन भ्रमण गराइसकेको अध्यक्ष श्रेष्ठले जनाइन ।

सहभागिलाई आत्मरक्षाका लागि जुडो प्रशिक्षक एवं कोशि प्रदेश खेलकुद विकास वोर्डका सदस्य रोशनी राई, सकरात्मक सोच, व्यक्तित्व विकास र उद्घोष कला तालिम कौशिकि क्याम्पस चिफ एवं जेसिस धरानका पुर्व अध्यक्ष मोहन श्रेष्ठ र अर्गानिक कृषिका वारे वसन्तटार स्थित सोताङ अर्गानिकका प्रो। कृष्ण राईले तालिम दिएको आयोजकले जनाए ।

सहभागि प्रतिश्पर्धिहरुको क्षमता विकासको लागि आयोजनकले वैशाख २४ गते देखि तिन हप्ता सम्म विशेष प्रशिक्षण गराइने गु्रपका सचिव ज्योति राईले वताइन । अझै धेरै विषयहरुमा प्रशिक्षण गराउन वाकि रहेको राईले जानकारी गराइन ।

उनिहरुलाई धरान ९ स्थित इनलाइट फिटनेसको हलमा कोरियोग्राफर डिजे ललित राईले स्टेज प्रस्तुतिका लागि प्रशिक्षण गराइरहेको छ ।

सहभागिहरुलाई स्टेज प्रस्तुति संगै जानकारहरु द्धारा नया संविधानमा महिला अधिकार, महिला सशक्तिकरण तथा लैंगिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाइ अभिवृद्धि तालिम, संस्कृती र पहिचान सम्वन्धि जानकारीमुलक तालिम, महिला स्वास्थ्य समस्या तथा समाधान सचेतना तालिम, प्राथामिक उपचार तालिम, उद्घोष तथा भाषणकला तालिम, आधारभुत पत्रकारीता तथा फोटोग्राफि सम्वन्धि जानकारीमुलक कक्षा, टेवल शिष्टाचार तालिम, फिटनेस तालिम, आन्मरक्षा तालिम, विजनेस टक, पर्यटन पर्वद्धन कक्षा, अर्गानिक कृषि सम्वन्धि जानकारीमुलक भ्रमण, मेकअप तालिम, र्यामवक तथा क्याटवक सेसन र फोटो सेसन लगायत विषयमा तालिम तथा प्रशिक्षण गराइनेछ ।

मिसेस स्टेट २०२५ सिजन थ्रीमा १९ जना प्रतिश्पर्धिहरुले प्रतिश्पर्धा गर्ने आयोजक ग्रुपका सहसचिव छाया श्रेष्ठले जानकारी गराइन ।
मिसेस स्टेट २०२५, कोशि प्रदेश सिजन थी्रका विजेताले नगद रु। ५१ हजार, क्राउन, ट्रफि, गिप्mट ह्याम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछ ।

फस्ट रनर अपले नगद रु। २५ हजार र सेकेन्ड रनरअपले नगद रु। १५ हजार क्राउन, ट्रफि, गिप्mट हयाम्पर, फ्रि क्रन्च फिटनेस कार्ड र एक वर्षको लाइफ इन्सुरेन्स प्राप्त गर्नेछ ।

यसैगरि टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, वेस्ट ड्रेस, मिसेस एक्टिभ र पिपल्स च्वइस अवार्ड रहेको छ । उनिहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्ने गु्रपका कोषध्यक्ष रोजि ताम्रकारले वताइन ।

मिसेस स्टेट २०२५, सिजन थ्री कोशि प्रदेशको ग्रान्ड फिनाले जेष्ठ १५ गते विहिवार धरान १६ स्थित गुरुङ विविक्यु पार्टि प्यालेसमा हुनेछ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved