दुबई फिनटेक सम्मेलनमा दुबई नेपाली इन्फ्लुएन्सियल ग्रुपको सहभागिता

  • जेठ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सन्देश तिम्सिना
दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२५ मा दुबई नेपाली इन्फ्लुएन्सियल ग्रुपले सह– साझेदारको रूपमा गौरवपूर्ण सहभागिता जनाएको छ।

यो सम्मेलन संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा अर्थमन्त्री महामहिम शेख मक्तूम बिन मोहम्मद बिन राशिद अल मक्तूमको संरक्षणमा आयोजित भएको थियो।

ग्रुपको सहभागिताले युएईमा रहेका नेपाली दक्ष व्यक्तिहरूको योगदानलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन सहयोग पुगेको छ।

वित्तीय प्रविधि, नवप्रवर्तन र प्रविधिमैत्री भविष्यको निर्माणमा यो सहभागिता नेपाली समुदायका लागि एक प्रेरणादायी उपलब्धि मानिएको छ ।

समूहका संस्थापक मनोज महरट्टाले भने, “यो उपलब्धि नेपालीहरूको ऐक्यबद्धता, मेहनत र सम्भावनाको परिणाम हो।”

उनले दुबई नेपाली इन्फ्लुएन्सियल ग्रुपले आगामी दिनमा पनि नेपालीहरूको पहुँच र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा विस्तार गरिरहने पनि बताएका छन् ।

यस सहभागिताले प्रविधि, व्यवसाय र अन्तर्राष्ट्रिय सहकार्यमा नेपाली समुदायको भूमिकालाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved