देशको विकास श्रमदानबाटै हुन्छः मेयर साम्पाङ

  • जेठ २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले श्रमदान जहाँबाट थालेको छु इलाममा अब मैले थालनी गरेको ठाउँमा भन्दा धेरै श्रम दान हुन्छ भन्ने विश्वास रहेको बताए ।
स्वतन्त्र नागरिक समाज इलामले बिहीबार इलाम चोक बजारमा आयोजना गरेको कार्यक्रममा उनले हामी नयाँ सोचमा छौ तर व्यवस्था अनुसार कानुन बनाउने ठाउँमा जाँदा हामी चुनाव लडेरै जानु पर्छ । कानुन बनाउने ठाउँमा पुगेपछि हप्तामा चार दिन मात्रै कार्यालय र विद्यालय खुला हुन्छ अरू दिन श्रम दान चल्छ’ उनले भने श्रमदानबाट कृर्षिमा परिवर्तन गर्न सकिन्छ ।

उनले आफू नेता नभएको र खासै बोल्न आउँदैन भन्दै मेरो मुखबाट निस्कने शब्द जनताका दुख र सपनाहरू रहेको बताए । तेस्रो पटक इलाम आएका साङपाङ सङ्गठित गर्ने उद्देश्यले आएका साम्पाङले म भावुक हुन्छु रुन्छु त्यो रुवाई भनेको तपाईँहरूले देखेको सपना जब धोकामा परिणत हुन्छ तब म भावुक बन्छु र देशको चिन्ताले रुन्छु ।

‘हर्क साङपाङ आवाज हो उ कहिल्यै गल्दैन बेथिति र विकृतिका लागि कराउँदै हिँड्ने व्याक्ति हो उनी भन्छन्, आफू मात्रै कराउने हैन अरुलाई पनि कराउनु पर्छ भन्दै म यहाँ आएको बताए ।’
सोच नयाँ, शैली पुरानै
इलाम सुन्दर छ र इलामले अब सुन्दर काम गर्नुपर्छ उनले भने हाम्रो धर्ती हाम्रो आकाश हाम्रै परिवेश, श्रम गरौँ सबै मिलेर बनाऊ यो देश । रगत हैन पसिनाले भिजाऊ यो देश श्रम रोपी लह लह फलाऊ यो देश । बिहीबार धरान उपमहान गरपालिकाका प्रमुख हर्क साम्पाङले इलाम चोक बजारमा श्रमको कुरा गरे ।

इलाम आउँदा धेरैले सोचेका थिए बिहीबार इलाममा श्रमदानको कार्यक्रम हुन्छ । सधैँ श्रमदानमा जोड दिने हर्क साङपाङ इलाम आउँदा श्रमदानमा हैन भाषणमा सीमित बने । नयाँ सोचका साथ अघि बढ्नु पर्छ र देशको विकास श्रमदानबाट मात्रै सफल बन्छ भन्ने हर्क साङपाङ इलाममा उनको सोचभन्दा फरक देखिए । राजनैतिक दलको भाषण सुनेर वाक्क दिक्क बनेका जनता श्रमदानको नार बोकेर हिँड्ने व्याप्ति नै दलहरूकै शैलीमा आम भेला र भाषणमा केन्द्रित बने ।

सधैँ राजनैतिक दलहरूले गर्ने भाषणकै शैलीमा श्रमको भाषण गरेका हर्क साम्पाङको भाषण इलाममा निकै नरम थियो । उनले कुनै दलहरुलाई गाली गरेनन् । उनको भाषणमा श्रम गर्नुपर्छ भन्ने नै थियो तर गर्नुपर्छ भन्ने भाषण त सधैँ राजनैतिक दलहरूबाट सुनेकै थिए । हर्क साङपाङ इलाम आएर केही फरक काम गर्छन् भन्ने अपेक्षा इलामका विभिन्न पालिकाबाट आएका साम्पाङका समर्थक नै हर्क साङपाङको भाषणमा सन्तुष्ट थिएनन् ।

इलामको सन्दुकपुरबाट हर्क साङपाङ इलाममा आएपछि श्रमदानको थालनी हुन्छ भन्ने आसमा सदरमुकाम आएका व्याक्ति चोक बजारमा भएको कार्यक्रम भाषणमा केन्द्रित बनेपछि खुसी थिएनन् । ‘चोकमा मान्छे भेला पारेर भाषण नै गर्ने हो भने त पुराना दलभन्दा के फरक रह्यो उनले भने उहाँ आइसकेपछि इलाममा एक दिन भए पनि श्रमदान गर्नु पथ्र्यो ।’

‘इलाम बजार र नेपालको ऐतिहासिक चिया बगान सरसफाइ गरिसकेर उनले चोक बजारबाट श्रम दानको थालनी इलाममा पनि भयो भन्दै सुरु गर्ने अपेक्षा थियो उनले भने हामीले थाहा पाउँदा देखि राजनैतिक दलहरूले जसरी मान्छे भेला पारेर भाषण सुनाउँथे त्यो भन्दा फरक देखिएन ।’ सन्दकपुर बाट मात्रै होईन देउमाई, फाकफोकथुम, माङसेबुङ लगाउतका ठाउँबाट पनि हर्क साम्पाङ सँग श्रम गर्न आएका थिए तर भाष्ण सुनेरै फर्किए ।

हर्क साङपाङ इलाम आउँदा नयाँ केही गर्छन् र नयाँ कुराको थालनी हुन्छ कि भनेर इलाम चोक बजार आएका राजनैतिक दलका नेताहरुपनि उनको नयाँ भन्दा पुरानै शैली देखेपछि नयाँ भन्दा पनि पुरानै कपि पेस्ट मात्रै भएको बताए । उनीहरूले सधैँ श्रमदान भनेर हिँड्दै गर्दा इलाम आएपछि एक छिन श्रम गरेर अनि चोक बजारको कार्यक्रम बन्द कोठामा गरेपछि हामीले यस्तो ग¥यो है भनेर सार्वजनिक गरेको भए केही नयाँ गरे भन्ने हुन्थ्यो तर जनयुद्ध पछि देखि जसरी मान्छे भेला भएर भाषण हुन्थ्यो त्यो भाषण भन्दा फरक दिन नसकेको बताए ।

 

दुबई फिनटेक सम्मेलनम ...

सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मे ...

विवादबीच पनि पाथीभरा ...

धरान/  प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथी ...

सुनचाँदी बजार ओरालो: ...

काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गत ...

१५ वर्षीया छात्राले ...

पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved