१५ वर्षीया छात्राले शौचालयमा जन्माइन शिशु

  • जेठ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt -सांकेतिक तस्बिर

पाँचथर/  पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा सनसनी फैलिएको छ।

घटना मंगलबार राति फिदिमको लप्सिबोटेमा भएको हो। आफन्तको घरमा बस्दै आएकी ती किशोरीले शौचालयभित्रै शिशु जन्माएकी थिइन्। जन्मेको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए।

घटनापछि अत्यधिक रक्तस्राव भएकोले ती किशोरीलाई तत्कालै पाँचथर अस्पताल भर्ना गरिएको छ। शिशुको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शिशुको जन्म कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। औषधिको प्रयोग गरेर गर्भपतन गराउने प्रयास गरिएको थियो कि अन्य कुनै कारणले गर्भपतन भएको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

शिशु कसको हो भन्ने विषयमा प्रहरी अनुसन्धान जारी रहेको र हाललाई जानकारी गोप्य राखिएको छ। किशोरीसँगै बस्ने एक आफन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाले विद्यालय, परिवार र गाउँमा गहिरो असर पारेको छ। स्थानीय बासिन्दाहरूले सामाजिक, नैतिक तथा यौन शिक्षाको पहुँच अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रहरीले घटनालाई अत्यन्त संवेदनशील मानेर आवश्यक अनुसन्धान तीव्र पारिएको जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved