रोङ गाउँपालिकाको ‘गुरु किसान’ योजना: किसानलाई मालिक बनाउने अभियान भगीरथ भण्डारी

  • वैशाख ३१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भनेर नारा लगाइए पनि त्यसअनुसार कार्यक्रम कार्यान्वयन नहुँदा किसानको जीवनस्तर उकासिन सकेको छैन।

तर इलामको रोङ गाउँपालिकाले भने स्थानीय कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै किसानमुखी योजनाहरू अघि बढाएको छ।

गुन्द्रुक, सिन्की, मह र बेसारजस्ता स्थानीय उत्पादनको सफल बजारीकरणपछि गाउँपालिकाले ‘गुरु किसान’ कार्यक्रम सुरु गरेको हो। ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ अनुसार छनोट गरिएका १२१ जना नमुना किसानलाई हालै ‘गुरु किसान’ घोषणा गर्दै उनीहरूलाई पोशाक र झोला प्रदान गरिएको छ।

गुरु किसानहरूले अरू किसानलाई पनि उदाहरणीय बन्न मार्गदर्शन गर्ने र माटो परीक्षणदेखि उत्पादन प्रविधि सम्म प्रशिक्षण दिने योजना पालिकाले अघि सारेको छ।

रोङ गाउँपालिकाका अध्यक्ष सुवास स्याङ्वोका अनुसार, “गुरु किसान योजना माटो परीक्षणबाट सुरु गरेका छौं। माटोको गुणस्तर, मल व्यवस्थापन र माटोको मानव स्वास्थ्यमा पर्ने असरबारे प्रशिक्षण दिनेछौं।”

हालसम्म १२१ जना गुरु किसानमार्फत ५ सयभन्दा बढी किसानका खेतको माटो नमुना संकलन गरी झुम्कास्थित माटो परीक्षण केन्द्रमा पठाइएको छ। माटो परीक्षणपछि स्थानअनुसार कुन बाली उपयुक्त हुन्छ भन्ने योजना बनाइने गाउँपालिकाको योजना छ।

अध्यक्ष स्याङ्वोले कृषि उत्पादनको गुणस्तर वृद्धि, ब्रान्डिङ, तथा व्यावसायिक खेतीका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताउँदै भने, “गफाडी किसान होइन, मेहनती किसान उत्पादन गर्छौं। किसान मालिक बनेपछि मात्रै देश समृद्ध हुन्छ।”

पालिकाले किसानलाई आत्मनिर्भर बनाउन प्रविधि हस्तान्तरण, मौरी पालन, अलैँची, तिते करेला, बेसारलगायत उत्पादनमा सघाउने कार्यक्रम ल्याएको छ।

गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवासले किसानको मेहनतलाई सम्मान गर्दै स्थानीय तहले उदाहरणीय कार्यक्रम अघि सारेको बताइन्। उनले भनिन्, “कृषिप्रधान देशमा किसानको मर्म नबुझिने विडम्बनाबीच रोङले किसानलाई मालिक बनाउने अभियान सुरु गरेको छ।”

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved