आज २५६९औँ बुद्धजयन्ती: शान्ति, अहिंसा र मैत्रीको सन्देशसँगै देशभर श्रद्धापूर्वक मनाइँदै

  • वैशाख २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज (सोमबार) नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीहरूले श्रद्धा, भक्ति र उल्लासका साथ मनाउँदै छन्।

राजधानी काठमाडौंदेखि बुद्धको जन्मस्थल लुम्बिनीसम्म विविध कार्यक्रम आयोजना भई आजको दिन बुद्धको जीवन दर्शन र शान्तिको सन्देशलाई आत्मसात् गरिँदैछ।

हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्धजयन्ती यस वर्ष पनि गुम्बा, विहार, चैत्य र घर–घरमा पूजा, आराधना, ध्यान र प्रवचनका साथ विशेष उत्सवको रूपमा मनाइएको छ।

भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको मान्यताका आधारमा यो दिनलाई 'त्रिसंयोग दिवस'का रूपमा चिनिन्छ।

बौद्ध धर्मग्रन्थअनुसार कपिलवस्तु राज्यका राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म हालको रुपन्देहीस्थित लुम्बिनीमा भएको मानिन्छ।

राजकुमार सिद्धार्थले २९ वर्षको उमेरमा राजकीय विलास छाडेर दुःखको कारण पत्ता लगाउन गम्भीर तपस्याको बाटो समातेका थिए। यही साधनाबाट प्राप्त ज्ञानले उनलाई बुद्धत्वको गौरव दिलायो र विश्व शान्तिको सन्देश फैलाउन सहयोग पुर्‍यायो।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा तीन दिने विशेष कार्यक्रम सञ्चालन हुँदैछ। लुम्बिनी विकास कोषको आयोजनामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, शाकाहारी भोजन महोत्सव, शान्ति ध्यान, दीप प्रज्वलन, रक्तदान, आँखा शिविर, र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

यता काठमाडौंको बौद्धनाथमा 'बौद्धमहाचैत्यबाट बुद्ध सन्देश संसारभर' भन्ने नारासहित विशेष समारोह आयोजना गरिएको छ। चाबहिलको महांकाल चौरदेखि तिनचुली हुँदै बौद्ध महास्तुपासम्म शान्ति र्याली निकालिएको छ।

यस कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा हुन् भने प्रमुख बौद्ध गुरु निधिपति नाम्खा रिम्पोछे र ज्याटुल रिम्पोछेको विशेष उपस्थिति रहेको छ।

देशभरका गुम्बा र विहारहरूमा लामा र भिक्षुहरूले परम्परागत विधिअनुसार पूजा, प्रार्थना, ध्यान र प्रवचन गरी बुद्धको शिक्षालाई पुनः स्मरण गरिरहेका छन्।

 राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत राष्ट्रका उच्च पदस्थ व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गर्दै भगवान् बुद्धले दिएको शान्ति, अहिंसा र करुणाको सन्देशलाई जीवनमा उतार्न आह्वान गरेका छन्।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, बुद्धका यही कालजयी भनाइले आजको दिनलाई अझ अर्थपूर्ण बनाएको छ। नेपालको बहुसांस्कृतिक समाजमा बुद्धजयन्तीले धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश पनि फैलाएको छ

धरानमा सिटी सफारी पल ...

धरान/ सुनसरीको धरान–११ सृजना चोकमा सिटी सफार ...

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved