वराहक्षेत्रमा न्यायिक समितिबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न संगम बिष्ट

  • वैशाख २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समितिबीच अन्तरक्रिया कार्यक्रम आइतबार वराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ।

वराहक्षेत्र नगरपालिकाको आयोजनामा भएको अन्तरपालिका स्तरीय कार्यक्रममा सहभागी स्थानीय तहहरूले आ–आफ्ना वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए।

वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख तथा नगर न्यायिक समितिकी संयोजक नन्दकुमारी सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा सुनसरीका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुखहरू विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

साथै, वराहक्षेत्र वडा नं १ का अध्यक्ष किसन थापा मगर, वडा नं ५ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य रोहित काफ्ले, वडा नं ७ का अध्यक्ष तथा न्यायिक समितिका सदस्य कपिल आचार्य, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुवँर, वराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारी, गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठलगायत अन्य पदाधिकारी र स्थानीय संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

धर्तिको पहिलो तीर्थस्थलका रूपमा परिचित वराहक्षेत्र मन्दिर परिसरमा आयोजित सो कार्यक्रममा नगरपालिकाले न्यायिक समिति घोषणापत्र पनि सार्वजनिक गरेको थियो।

कार्यक्रम सञ्चालन सूचना अधिकारी गौरी रायले गरेका थिए। स्वागत मन्तव्य वडा नं ७ का अध्यक्ष कपिल आचार्यले र धन्यवाद मन्तव्य वडा नं ५ का अध्यक्ष रोहित काफ्लेले व्यक्त गरेका थिए।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved