नापतौल जाँचपास र नवीकरण गर्न आग्रह

  • वैशाख २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई नापतौलको जाँच पास गराई नविकरण गर्न आग्रह गरेको छ ।

विराटनगर स्थित गुणस्तर तथा नापतौल कार्यालयबाट आएको टोलीले नापतौल सम्बन्धी ढक, तराजु, मिटर, डिजिटल तराजु सहितको चेकजाँच गर्ने भएकोले तोकिएको समय भित्र आफ्नो साधन जाँच पास गराउन संघले आग्रह गरेको हो ।

थोक तथा खुद्रा व्यापारीहरूले प्रयोग गर्दै आएको नापतौलका साधन आधिकारिक रूपमा धरान आउने नापतौलको टोलीसँग जाँच पास गराई नवीकरण गर्न सुनसरी उद्योग वाणिज्य सङ्घले स्थानीय व्यवसायीहरूलाई आग्रह गरेको छ ।

गुणस्तर नापतौलको टोलीले धरानमा ३ ठाउँ जाँच पास र नवीकरण गर्ने सङ्घले जनाएको छ । सङ्घद्वारा जारी सूचना अनुसार वैशाख २८ देखी ३० सम्म धरान–१ स्थित सुनसरी उद्योग वाणिज्य सङ्घको भवनमा रहने छ ।

यसैगरी दोस्रो जाँच पास शिविर वैशाख ३१ गते धरान–१३ कृषि उपज बजारमा, जेठ १ गते धरान औद्योगिक क्षेत्रमा र जेठ २ गते सुनसरी सुनचाँदी कला व्यवसायी सङ्घमा र जेठ ३ गते सुनसरी सुनचाँदी व्यवसायी सङ्घको भवनमा रहने जनाइएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved