धरान–८ को खहरे पुल निर्माणमा ढिलाइ, दैनिक आवागमन संकटमा

  • वैशाख २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोलमा रहेको तीनढ्वाङ्गे खहरे पुल जीर्ण भएपछि भत्किएको झन्डै एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण सुरु नहँुदा स्थानीयवासी दैनिक आवागमनमा संकट भोगिरहेका छन्।

मदन भण्डारी राजमार्ग अन्तर्गत सडक कालोपत्रे सम्पन्न भए पनि सो पुलको पुनर्निर्माणका लागि कुनै ठोस पहल नभएको स्थानीयको आरोप छ।

विक्रम संवत २०८० मा नेपाल सरकारको लगानीमा दुई लेनको मदन भण्डारी राजमार्ग अन्तर्गत कालोपत्रे गरिए पनि, सो खण्डमा पर्ने पुल भने निर्माण सम्पन्न भएको केही महिनामै, गत साउन महिनामा भत्किएको थियो।

फलामको संरचनामाथि नै कालोपत्र गरिएकोले अतिरिक्त भार थेग्न नसकेर पुल ढलेको स्थानीयको भनाइ छ।

“स्कुल जाने बालबालिकादेखि वृद्धबृद्धासम्म सबैलाई जोखिम मोलेर हिँड्नुपरेको छ,” स्थानीय जीवन तामाङले भने, “पुल नहुँदा हाम्रो जीवन नै असुरक्षित महसुस भइरहेको छ।”

तीनढ्वाङ्गे खहरे खोलामा धरान बजार क्षेत्रका ढल मिसिने भएकाले बर्खायाममा बाढीको उच्च जोखिम रहँदै आएको छ। “पुल नभए बाढीको पानी थुनिँदा हाम्रो बस्ती डुब्ने डर बढेको छ,” स्थानीय रामबहादुर राईले बताए।

वडाध्यक्ष धनबहादुर राईका अनुसार, २०१७ सालमा ब्रिटिस घोपा क्याम्पतर्फको पहुँच सहज बनाउन फलामको पाताबाट बनेको ३२ फिट लामो पुल निर्माण गरिएको थियो।

“त्यही जीर्ण संरचनामाथि कालोपत्र गरियो, जसले भार थेग्न सकेन र पुल भत्कियो,” उनले भने। स्थानीयले नयाँ पुल बनाइनुपर्ने माग गर्दा आश्वासन दिइए पनि पछि पिच गरेर काम चलाइएको उनको भनाइ छ।

राजमार्ग निर्माणको जिम्मा लिएको मोती दान निर्माण कम्पनीले भने पुल निर्माणको जिम्मेवारी नलिएको प्राविधिक ईसाहाक राईले जानकारी दिए।

उनका अनुसार कम्पनीले केवल कालोपत्र र कल्भर्ट निर्माणको जिम्मा मात्र लिएको थियो।

धरान उपमहानगरका उपप्रमुख इन्द्रविक्रम बेघाले स्थायी पुल निर्माण नहुञ्जेल अस्थायी क्याबिनमार्फत खहरेको बहाव सुनिश्चित गरिने जानकारी दिए।

साथै, मदन भण्डारी राजमार्ग आयोजनासँग समन्वय गरी पुनर्निर्माण प्रक्रिया छिट्टै सुरु गरिने विश्वाससमेत दिलाए।

यसबीच, स्थानीयवासीले जीर्ण संरचनाको विकल्पमा भरपर्दो, दिगो र सुरक्षित पुलको शीघ्र निर्माणको माग गर्दै आएका छन्।

 

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved