‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, कलाकारदेखि राजनेतासम्मको उल्लेखनीय उपस्थिति

  • वैशाख २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ ले बुधबार साँझ राजधानीको सिटी सेन्टरस्थित सिनेमा हलमा भव्य प्रिमियर सम्पन्न गरेको छ। कार्यक्रममा राजनीतिक व्यक्तित्वदेखि कलाकारसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन्। उनले पछिल्लो समय नेपाली चलचित्रहरू हेर्नलायक बन्दै गएका उल्लेख गर्दै ‘ऊनको स्वीटर’ ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरे।

चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउँदै “चलचित्रले मन छोयो,” भने। उनले आउँदो वैशाख २६ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र हलमा गएर हेर्न सबैलाई आग्रहसमेत गरे।

‘ऊनको स्वीटर’ मा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् भने विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायत कलाकारहरूको पनि अभिनय रहेको छ।

आर्टमाण्डु प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ। लेखन तथा निर्देशन वीन चौहानले गरेका छन्। उनका अनुसार चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजको जीवन्त रंगहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको छ।

चलचित्रको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमावर्ती क्षेत्र फालेलुङमा गरिएको हो। चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ भने अग्रिम टिकट बुकिङ पनि सुरु भइसकेको छ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved