धरान १७ मा हङकङ समाजको योगदान, अध्यक्ष चाम्लिङ सम्मानित बिकास चाम्लिङ राई

  • वैशाख २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान उपमहानगरपालिका वडा नं. १७ मा निर्माणाधीन सार्वजनिक शौचालयका लागि हङकङस्थित धरान १७ समाजको महत्वपूर्ण सहयोग रहेको जनाउँदै समाजका अध्यक्ष मधुकुमार चाम्लिङलाई आइतवार विशेष समारोहबीच सम्मान गरिएको छ।

वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष चाम्लिङलाई खदा ओढाइ मायाको चिनोस्वरूप खुकुरी प्रदान गर्दै सम्मान गरिएको हो।

केही दिनअगाडि बिदामा नेपाल आएका अध्यक्ष चाम्लिङलाई विदेशमा रहेर पनि वडाको विकासमा सक्रिय योगदान पुर्‍याएको कदरस्वरूप सम्मान गरिएको वडा अध्यक्ष मनोज भट्टराईले जानकारी दिए।

अध्यक्ष चाम्लिङले हङकङमा रहँदै वडामा निर्माण भइरहेको सार्वजनिक शौचालयका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको जानकारी गराए।

“अहिलेसम्म डेढ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ, म हङकङ फर्किएपछि तुरुन्तै सहयोग रकम पठाउनेछु,” उनले बताए।

समाजले शिक्षा, स्वास्थ्य, खेलकुद, विपन्न तथा असहाय क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउँदै आएको छ।

वडाबाहेक २०७२ सालको भूकम्प, बाढीपहिरो र कोरोना महामारीजस्ता विपद् व्यवस्थापनमा समेत समाजले उल्लेखनीय सहयोग गरेको अध्यक्ष चाम्लिङले स्मरण गराए।

कार्यक्रममा निर्वतमान वडा सदस्य सुवास वर्देवा, वडा कार्यालयका कर्मचारी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष चाम्लिङले समाजप्रति सम्मान दर्शाएकोमा वडा कार्यालय र सम्पूर्ण वडावासीप्रति आभार व्यक्त गरे।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved