एसईई स्पिकर सेमिफाइनलिस्टलाई धरानमा वक्तृत्वकला प्रशिक्षण, आत्मविश्वासले भरिए सहभागीहरू

  • वैशाख २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ 'एसईई स्पिकर' प्रतियोगिताको सेमिफाइनल चरणमा पुगेका युवा प्रतिभाहरूलाई धरानमा विशेष वक्तृत्वकला प्रशिक्षण दिइएको छ। आयोजक र्‍याडिकल लाइट नेपाल प्रा.लि.ले शनिबार आफ्नो कार्यालयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोहीले विषयमा कसरी प्रभावकारी प्रवेश गर्ने, मौलिकता कायम गर्ने र आधिकारिक स्रोत कसरी प्रयोग गर्ने भन्नेबारे सहभागीहरूलाई विस्तृत जानकारी दिए।

यस्तै, संस्थाका अध्यक्ष तिर्थ कार्कीले माइक र पोडियमको प्रयोग, हाउभाउ व्यवस्थापन, श्रोताको ध्यान कसरी तान्ने, प्रस्तुति प्रभावशाली कसरी बनाउने र अन्त्यमा प्रेरणादायी निष्कर्ष दिने तरिका बारेमा व्यावहारिक प्रशिक्षण गराएका थिए।

प्रशिक्षणपछि सहभागीहरूको उत्साह झन् बढेको देखियो। श्रद्धा शाक्यले भनिन्, "पहिलो अडिसनमा निकै डर लाग्यो, तर आज म आत्मविश्वासले भरिएको महसुस गरिरहेकी छु।" सोनिया राईका अनुसार, यो उनको पहिलो प्रतियोगिता भए पनि प्रशिक्षणले डरलाई ढाक्न सहयोग पुगेको छ।

त्यस्तै, निशान विश्वकर्माले प्रशिक्षणको प्रभावस्वरूप आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको बताए। शुभम पोखरेलले भने, “यो प्रतियोगिता राष्ट्रिय स्तरको बनिनुपर्छ भन्ने चाहना मेरो छ।”

प्रशिक्षणमा सहभागी अधिकांश प्रतिस्पर्धीहरूले पहिलो र दोस्रो अडिसन पार गर्दै यहाँसम्म आइपुग्दाको यात्रा रोमाञ्चक रहेको बताए। उनीहरू आगामी चरणमा अझ मजबुत प्रस्तुति दिने अठोटमा छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved