९ बुँदे सहमति: शिक्षक सन्तुष्ट, विद्यालय कर्मचारी असन्तुष्ट

  • वैशाख १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिपछि जहाँ शिक्षक पक्ष सन्तुष्ट देखिएको छ, त्यहाँ विद्यालय कर्मचारी भने झनै पीडित महसुस गरिरहेका छन्।

आफ्ना माग र मुद्दा सहमतिमा समेटिन नसकेको भन्दै उनीहरूले चर्को असन्तुष्टि जनाएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै सहमति कर्मचारीको हितविपरीत भएको दाबी गरेका छन्।

“सरकारले त वर्षौंदेखि अन्याय गर्‍यो, अहिले शिक्षकहरूबाट पनि अपमानित हुनुपरेको छ,” उनले लेखेका छन्।

योगीका अनुसार २०६७ सालमा भएको सहमति जस्तै अहिलेको सहमतिमा पनि विद्यालय कर्मचारीको पक्ष पूर्णतः बेवास्ता गरिएको छ।

परिषद्ले शिक्षकको आन्दोलनमा साथ दिए तापनि, सहमतिमा कर्मचारीहरूको कुनै आवाज समावेश नभएको उनको आरोप छ।

हालैको सहमतिमा प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ‘नेपाल सरकारले तोके अनुसार’ हुने उल्लेख छ।

तर, महासंघले सरकारलाई बुझाएको प्रस्तावमा भने विद्यालय कर्मचारीलाई खरिदार सरहको दरबन्दी कायम गर्ने, तलब ३२,९०२ रुपैयाँ तोक्ने र संघीय सरकारले नै व्यहोर्ने व्यवस्था गर्नुपर्ने माग थियो।

त्यस्तै, विद्यालय सहयोगीहरूलाई श्रेणीविहीन कर्मचारी सरह तलब दिइनुपर्ने र सामाजिक सुरक्षा कोषमा सबै कर्मचारीलाई आबद्ध गरिनुपर्ने माग पनि थियो, जुन सहमतिमा समावेश भएन।

सहमतिपछि परिषद्का नेताहरूले स्पष्ट धारणा नदिएको भन्दै कर्मचारीहरू आक्रोशित भएका छन्। उनीहरूले परिषद्को नेतृत्वसँग जवाफ मागेका छन्।

अबको रणनीति तय गर्न बिहीबार परिषद्को बैठक बस्ने तय भएको छ। सो बैठकको निर्णयले विद्यालय कर्मचारीको आगामी संघर्षको बाटो तय गर्नेछ।

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved