विद्यालय खुलाउन चौतर्फी दबाब ,खुल्न थाले विद्यालय

  • वैशाख १६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् ।

अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् ।इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो ।

इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए ।

‘विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो’, उनले भने ।इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकको दबाबपछि आजदेखि विद्यालय सञ्चालनमा ल्याउनुपरेको बताए ।

देउमाई नगरपालिका–९ जितपुरस्थित खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाटै सञ्चालनमा आएको छ।इलाम नगरपालिका–५ को अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौलाले अभिभावकले विद्यालय खोलाउन आग्रह गरे पनि खुल्न अझै केही दिन लाग्ने बताए । अभिभावकसँग छलफल गरेर निर्णय लिने उनको भनाइ छ ।

लामो समय विद्यालय बन्द भएपछि इलाम नगरपालिकाले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विद्यार्थीको भविष्य हेरेर विद्यालय खोलाउन आग्रह गर्दै आइतबार विज्ञप्ति निकालेको थियो ।

नगर प्रमुख केदार थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समयमा विद्यालयमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीको मनोविज्ञानमासमेत असर परिरहेको साथै अभिभावकहरु समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरुको माग पूरा गर्ने सन्दर्भमा वार्तासमेत भइरहेकाले, विद्यार्थी भर्ना र परीक्षालाई कत्ति पनि असर नहुने गरी वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन इलाम नगरपालिकाका वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीमा हार्दिक अपिल गर्दछौँ ।’
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले विद्यालय सञ्चालनमा आउन जरुरी रहेको बताए। ‘विद्यालय भर्नामा असर नहुने गरी सिर्जनात्मक आन्दोलन गर्नुपर्छ । सङ्घीय सरकारले वार्ताबाट शिक्षकका माग सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘सामुदायिक विद्यालयका कक्षाकोठा खाली बनाउन मिल्दैन ।’

हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए ।

यसैवीच धनकुटाको महालक्ष्मी नगरपालिकाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितका अध्यक्षहरुले विद्यालयमा बिद्यार्थी पढ्न पाउने अधिकारको सुनिश्चित हुनु पर्ने माग गरेका छन् ।

नगरपालिकाको आम विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले विज्ञप्ती मार्फत यस्तो माग गरेका हुन् ।उनीहरुले वैखाख १६ गतेदेखि विद्यालयमा पठन पाठन गर्न गराउनको लागि सम्पुर्ण शिक्षकहरुलाई आव्हान गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,“विगत २०८१ चैत्र २० गते बाट शिक्षक महासंघको आयोजनामा विद्यालय शिक्षा ऐन, निर्माण तथा शिक्षकका विविध समस्याहरू सहितको माग गर्दै काठमाण्डौं केन्द्रीत आन्दोलन आज २७ औं दिन भैसक्यो तर हाम्रा सम्पूर्ण विद्यालयहरुमा कुनै पनि शैक्षिक क्रियाकलाप नभएकोले हामी यस क्षेत्रका संपुर्ण अभिभावकहरु आफ्नो विद्यार्थीको पढाई प्रति अतिनै चिन्तित र संवेदनशिल छौ,आम अभिभावकहरु यस आन्दोलनमा हाम्रो ऐक्बद्धता रहेको र हालसम्म यस आन्दोलनको समाधानको तत्काल निकास नदेखिएकोले यस नगर भित्रका सम्पुर्ण विद्यालयका १/१ प्रतिनिधि काठमाडौं केन्द्रीत आन्दोलनमा।

विज्ञ सहभागी हुनुहुन र बाँकी सम्पुर्ण शिक्षक ज्यूहरुले मिति २०८२/०१/१६ देखी नियमित विद्यालय संचालन गरि विद्यार्थी तथा शिक्षक उपस्थित भई शैक्षिक गतिविधी सञ्चालन गराई विद्यार्थीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गरी अघि बढ्न समेत सम्पूर्ण विद्यालयहरुमा आव्हान गरिन्छ।”
विज्ञप्तीमा पुनःश्व शिक्षक आन्दोलनलाई सहयोग पुरÞ्याउन हामी अभिभावकहरुलाई शिक्षक महासंघले आव्हान गरे हामी आम अभिभावक, वि.व्य.स पदाधिकारीहरू भौतिक तथा आर्थिक सहयोग गर्न समेत प्रतिवद्ध रहेको उल्लेख गरिएको छ ।

नगरपालिकामा रहेको १५ वटा विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved