६२ प्रतिशत काम सम्पन्न

  • वैशाख ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो द्रुत मार्गका रुपमा निर्माण भइ रहेकोे तमोर करिडोर अन्तर्गत मूलघाट–गणेशचोक सडककोे ६२ प्रतिशत काम सम्पन्न भएको छ ।

चतरा देखि सुभाङखोला सम्मको १ सय ५६ किलोमिटर सडक मध्ये धनकुटाको मूलघाट देखि पाँचथरको गणेशचोक सम्मको १ सय १२ किलोमिटर सडकको ६२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको हो ।

सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथर सम्मको १ सय ५५ किलोमिटर मध्ये १ सय १२ किलोमिटर सडक कालोपत्रेका लागि वि.स २०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपैयाँमा वि.स २०८२ कात्तिक सम्ममा निर्माण सम्पन्न गर्ने गरि मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभीले २ अर्ब ७२ करोडमा र बाँकी खण्ड एफएक्स कम्पनीले १ अर्ब ४३ करोडमा ठेक्का सम्झैता भएको थियो ।

दुई प्याकेजमा रहेको ठेक्का सम्झौता अनुसार काम भए पनि निर्माण कम्पनी लाई काम गरेको रकम भुक्त्तानी गर्न नसक्दा निर्माण कार्य सोचे अनुसार अगाडी बढ्न नसकेको तमोर करिडोर, चतरा–मुलघाट–सुभाङखोला सडक आयोजनाका प्रमुख प्रदिपमणी निरौलाले जानकारी दिए ।

ग्रावेल गर्ने, वेस हाल्ने र पिच गर्ने बाहेकका अन्य काम करिब सम्पन्न हुन लागेको भए पनि सम्झौता अनुसार रकम भुक्तानी दिन नसक्दा निर्माण कम्पनीले समेत कामलाई दु्रत गतिमा लान नसकेको निरौलाको भनाई छ । उनले समयमै भुक्तानी दिन नसक्दा काम समेत प्रभावित भएको बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved