विद्यालय छैन, भारतमा पढ्न बाध्य उत्तरी इलामका बालबालिका

  • वैशाख ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/वैशाख लागेसँगै देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान चलिरहेको हुन्छ । तर, इलामका उत्तरी भेगका बालबालिकाका लागि त्यो सम्भव छैन, किनभने ती गाउँमा विद्यालय नै छैनन् ।

शिक्षक आन्दोलन, शिक्षा ऐन जस्ता विषयहरूले देशैभर चर्चा पाइरहे पनि उत्तरी इलामका अभिभावकलाई भने पहिलो चिन्ता आफ्ना छोराछोरीलाई पढाउने ठाउँको हो—र त्यो ठाउँ आफ्नै देशमा छैन ।

“शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन् ।

हामी त बच्चा पढाउन भारत जानुपर्छ”, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भन्नुभयो, “गाउँमा एउटा विद्यालय छैन । अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पिर कसैले बुझेनन् ।”

जौवारि, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्गला, गैरीबासजस्ता गाउँमा विद्यालय बन्द भएपछि अभिभावकहरू आफ्ना बालबालिका भारतको सीमावर्ती विद्यालयमा पढाउन बाध्य छन् ।

विद्यालयमा विद्यार्थी नभएको भन्दै सरकारी सामुदायिक विद्यालयहरू बन्द गरिएको हो ।

जौवारिका सोनाम शेर्पा भन्छन्, “पातलो बस्ती, टाढाटाढा घर, अनि विद्यालय नहुँदा बालबालिकालाई भारत लिएर जानुबाहेक उपाय छैन ।”

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६९ वर्षीया निम लमु शेर्पाले भन्नुभयो, “गत सालदेखि म भारतको मानेभञ्ज्याङमा कोठा लिएर नातिनी पढाइरहेकी छु । घरबाट धाएर पुर्याउँदा टाढा हुन्छ ।”

२०७२ सालमा बन्द गरिएको जौवारिको राष्ट्रिय प्राथमिक विद्यालयमा पहिले ८० जनासम्म बालबालिका अध्ययन गर्थे ।

तर, भारततर्फ भर्ना हुने क्रम बढेपछि स्थानीय विद्यालयमा विद्यार्थी अभाव देखाउँदै बन्द गरिएको हो ।

हाल मानेभञ्ज्याङको ‘रिब्स’ विद्यालयमा यस क्षेत्रका करिब १५ जना बालबालिका पढिरहेका छन् ।

त्यहाँ बस्दै आएकी डोमा शेर्पाले बताउनुभयो, “मासिक १८–२० हजार भारु खर्च हुन्छ । तर के गर्ने ? पढाउने त पर्यो नि !”

मेग्माको सरस्वती प्राथमिक विद्यालय, कालपोखरी र मजुवाका अन्य विद्यालयहरू पनि बन्द भइसकेका छन् ।

विद्यालयको संरचना जीर्ण भइसकेको छ भने कतै सशस्त्र प्रहरीको अस्थायी बसोबाससमेत भएको छ ।

स्थानीय थुक्तेन लामा भन्छन्, “बच्चाहरू भारतमा पढ्न थालेपछि नेपालको राष्ट्रियता, संस्कृति, स्वाभिमानजस्ता कुरा उनीहरूलाई थाहा हुने सम्भावना नै हरायो ।”

सीमावर्ती क्षेत्रका विद्यालय सञ्चालनमा हालसम्म राज्य, स्थानीय तह वा अन्य कुनै निकायको सक्रियता नदेखिएको स्थानीयहरूको गुनासो छ ।

उनीहरू भन्छन्, “विद्यालय छैन भने शिक्षा कसरी दिनु ? अनि, शिक्षा नदिई राष्ट्र निर्माण कसरी सम्भव छ ?”

रासस 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved