हेड तथा स्पाइनल इन्जुरीको उपचार अब आर्य न्युरो अस्पतालमा एक लाख सम्मको निःशुल्क

  • वैशाख २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर/  नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको “विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका २०८०” अनुसार अब आर्य न्युरो अस्पताल, बिराटनगरमा ‘हेड तथा स्पाइनल इन्जुरी’ भएका बिरामीहरूले १ लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउने भएका छन्।

आर्य न्युरोसरजिकल एन्ड एलाइड साइन्सेस प्रा.लि.ले दिएको जानकारीअनुसार, गम्भीर प्रकृतिका मस्तिष्क तथा मेरुदण्डसम्बन्धी चोटपटक(हेड र स्पाइनल इन्जुरी) भएका बिरामीहरूलाई अब सहज रुपमा राहत मिल्नेछ।

सेवा प्राप्त गर्नुपर्ने आवश्यकताहरू

कुनै पनि आकस्मिक दुर्घटनामा परेर टाउको वा मेरुदण्डमा समस्या भएको अवस्थामा
उपचारका लागि तुरुन्तै आर्य न्युरो अस्पतालको सम्पर्कमा जान सकिने

आवश्यक कागजातहरू:

चिकित्सकको इएम् वा इमर्जेन्सी रिपोर्ट

बिरामीको नागरिकता वा जन्म प्रमाणपत्र

नगरपालिका वा गाँउपालिकाबाट विपन्नताको सिफारिस

विपन्नताको प्रतिवेदनसहित अस्पतालमा पेश गर्नुपर्ने

आर्य अस्पताल कञ्चनबारी–३, बिराटनगरमा अवस्थित छ।

थप जानकारीका लागि अस्पतालको सम्पर्क नम्बर ९८०२७६०८८८ वा ०२१–४६६६३८र३९ मा सम्पर्क गर्न सकिनेछ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved