धरानमा बालमैत्री वडा घोषणा गर्न कठिनाई,थपिएको सुचक बाधक

  • वैशाख २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान उपमहानगरपालिका अन्तर्गतका वडाहरुलाई बालमैत्री घोषणा गर्न सकस परेको छ । विगतमा ३९ वटा सुचक पार गरेपछि त्यो वडा बालमैत्री वडा घोषित हुने प्रावधान रहे पनि अहिले ५१ वटा सुचक पार गर्नुपर्ने नयाँ प्रावधान आएपछि विगतमा घोषित बालमैत्री वडालाई समेत पुनरावोलकन गर्नुपर्ने अवस्था सिर्जना भएपछि वडाहरुलाई बालमैत्री घोषणा गर्न सकस भएको हो ।

धरान उपमहानगरपालिकामा २० वटा वडा रहेका छन् । २०७६ को बालमैत्री सम्बन्धी ऐनले जम्मा ३९ वटा सुचक पार गरेको खण्डमा वडा बालमैत्री हुने नीतिगत व्यवस्था रहेको थियो । ०७६ को नीतिगत घोषणा अनुसार त्यसबेला १४ वटा वडाहरु बालमैत्री घोषणा भएका थिए । २०७८ मा आएर ३९ वटा सुचकमा १२ वटा सुचक थप गरियो । 

अर्थात ५१ सुचक पार गरेपछिमात्र बालमैत्री घोषणा हुने नीति आयो । अहिले भने ५१ वटा सूचक पार गरेका ४ वटा वडाहरु बालमैत्री  घोषणा भइसकेका छन् । ०७६ को नीतिगत व्यवस्था अन्गर्तत धरानका २ वटा वडामात्र बालमैत्री घोषणा गर्न बाँकी थियो । अब भने विगतमा घोषणा भएका बालमैत्री वडाहरुलाई समेत पुनरावोलकन गर्दै बाँकी रहेका वडाहरुलाई समेत ५१ सुचक पार गरेर बालमैत्री घोषणा गर्न चुनौति भएको हो ।

अहिले यस विषयमा धरानका सबै वडाहरु सक्रिय भएर लागेका छन् । धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य सिर्जना नेपालले धरानको हकमा सबै वडामा बालमैत्री वडा घोषणा गर्न अत्यन्तै कठिन भएको बताइन् । भौगोलिक दृष्टिले पनि दुर्गम वडाबाट सुगम वडामा बालश्रमका लागि आउने बालबालिका धेरै भएकोले पनि बालमैत्री घोषणामा चुनौति थपिएको बताइन् । 

आर्थिक अभावका कारण वडामा समयमै बजेट नपुग्ने हुदा समयमै काम गर्न नसक्ने र बालबालबालिको बुझाईमा भाँैगौलिक अवस्थाले एकरुपता ल्याउन नसक्नु धरानका वडाहरुलाई वालमैत्री वडा घोषणा गर्न चुनौति रहेको बताइन् ।

सामाजिक विकास महाशाखा अन्तर्गतको महिला विकास अधिकृत भुवन राईले विगतमा भएका ३९ सुचक पछि थपिएर ५१ सुचक पार गर्नुपर्ने नीतिगत व्यवस्थाले विगतमा घोषणा भएका वडाहरुलाई पुनरावोलकन गर्नुपर्ने र घोषणा हुन बाँकी रहेकालाई पनि ५१ सुचक पार गर्न कठिन भएकोले वडाहरुलाई बालमैत्री वडा घोषणा गर्न पछिल्लो समय चुनौति थपिएको बताइन् ।

त्यसो त वडाहरुले समेत चुनौतिका बाबजुद पनि नीतिगत व्यवस्थालाई पार गदैै बालमैत्री वडा घोषणामा सक्रियता जनाएका छन् । धरान उपमहानगरपालिका १६ नं. वडा समितिका वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले विगतमा ३९ सुचक पार गर्दै बालमैत्री वडा घोषणा भएको १६ नंं वडालाई पुन ः ५१ सुचक पु¥याउने विषयमा वडाका सबै पक्षसँग छलफललाई तिब्रता दिएको बताए ।अहिले धरान उपमहानगरपालिकाभित्र रहेका बालमैत्री वडा घोषण भएका वडा र हुन बाँकी रहेका वडाहरुलाई थप भएका सुचकले बालमैत्री घोषणा वडा बनाउन चुनौति थपिएको छ । 

तथापि धरानका सबै वडाहरु अहिले यसतर्फ केन्द्रित भएर सक्रियतापूर्वक लागिपरेका छन् । अन्य कारणले भन्दा पनि समय समयमा आउने यस्ता नीतिगत व्यवस्था परिवर्तनले वडाले गर्नुपर्ने अन्य कामलाई थाँति राखेर यसैमा अल्झिरहनु पर्ने अवस्थासँगै आर्थिक बोझ बढ्ने भएकोलै बजेट व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

सिदार्थमा वार्षिक उ ...

धरान। सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ...

धरानका शिक्षकहरूको आ ...

धरान/  शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठ ...

नेपालको बलिङ र ब्याट ...

काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ...

काटेर फालिएको अवस्था ...

इनरुवा/ सुनसरीको इनरुवा नगरपालिका–१ मा गाई वा गोर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved