धरानमा बेरोजगारीलाई रोजगारी दिन दुई दिने रोजगार मेला

  • वैशाख २, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर कि्लक धरान

धरान । सुनसरीको धरानमा  २ दिने रोजगार मेला लाग्ने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा धरानमा बैशाख ११ र १२ गते रोजगार मेला लगाउने  भएको धरान उपमहानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले धरानमा २ दिने रोजगार मेला आयोजना हुने भएको छ । 

स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जनशक्तिलाई रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले मेला गर्न लागेको मेयर हर्कराज राई (साम्पाङ)ले जानकारी दिएका छन्।

मेलामा रोजगार सम्बन्धी जानकारी तथा सुचना र सम्भावित रोजगारदातासँग प्रत्यक्ष भेट गराइने उपमहानगरपालिकाले जनाएको छ । यस्तै, सीप र योग्यता अनुसारको रोजगारीको सम्भावना, व्यक्तिगत प्रोफाइल बनाउने र अन्तरवार्ता सहितको रोजगारीको व्यवस्था गर्ने, आफुले रोजेको र लिन चाहने सीपमुलक तालिम सम्बन्धी जानकारी गराउने र विभिन्न तालिम प्रदायक संस्थाहरुसँग प्रत्यक्ष भेट गराउने उपमहानगर प्रमुख राईले बताए ।

मेलामा ५ हजार जनासम्मको सहभागिता रहने अनुमान गरिएको छ । साथै, ५ सय जना युवा जनशक्तिले रोजगार पाउने लक्ष्य राखिएको पनि मेयर साम्पाङले बताए । मेलामा विद्यार्थी तथा युवाहरुले वृत्ति परामर्श सेवा पाउनेछन् भने बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी पाउने उपमहानगरको भनाई छ । 

रोजगारदाताहरुले उपलब्ध जनशक्तिबारे जानकारी पाउनेछन् भने स्थानीयस्तरमा रहेका उद्योग तथा व्यवसायसँग उपलब्ध विभिन्न रोजगारीका अवसरबारे पनि जानकारी पाउने उपमहानगरले जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाइका अनुसार  अहिलेसम्म उपमहानगरपालिकामा १५ सय जनाले आफु बेरोजगार भएको भनेर फारम भरिसकेका छन् । 

रोजगार सम्बन्धी सुचाना प्रवाह गर्न तथा रोजगारीको खोजीमा रहेकाहरुलाई रोजगार विनिमय सेवा प्रदान गर्ने उद्देश्यले धरान उपमहानगरपालिकामा रोजगार क्याफे सञ्चालनमा आएको छ । उपमहानगरपालिकामा रहेको नमुना रोजगार सेवा केन्द्रमा उक्त क्याफेको आइतबार मेयर साम्पाङले उद्घाटन गरेका थिए ।क्याफेमा इन्टरनेटसहितको एक सेट कम्प्युटर, प्रिन्टर रहनेछ भने सेवाग्राहीहरुलाई फ्रि वाइफाइ सुविधा पनि हुने उपमहानगरको भनाई छ ।

यूएईमा रहेका नेपाली ...

 यूएई/नेपाली राजदूतावास अबूधाबी र नेपाल एसोसिएसन ( ...

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ -याडिकल लाईट नेपाल प्रा.लि. धरानद्वारा आयोजित कोश ...

गाँजा ओसारपसारको नया ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित ...

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved