धरानमा हुने मिसेस स्टेट २०२५ को तयारी पूरा

  • चैत ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ गृहिणी महिलाहरूको प्रतिभा र आत्मविश्वासको पहिचानका लागि आयोजित ‘मिसेस स्टेट २०२५ सिजन–३’ को तयारी अन्तिम चरणमा पुगेको छ।

भव्य ग्रान्ड फिनाले जेठ १७ गते शनिवार धरान–१६ स्थित गुरुङ BBQ पार्टी प्यालेसमा हुने भएको हो।

कोशी प्रदेशस्तरीय प्रतियोगिता वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा सम्पन्न हुँदैछ।

आयोजकले शनिवार धरान कलेज रोडस्थित सर्कल क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेका हुन्।

विवाहित महिलाहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै सुरु गरिएको मिसेस स्टेट प्रतियोगिता २०१८ मा स्थापना भएको वुमन्स वर्थ ग्रुपले सुरु गरेको हो।

ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठका अनुसार, यो प्लेटफर्म विवाहित महिलाहरूको आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिभा अभिव्यक्त गर्ने अवसर हो।

पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भए पनि कोरोना महामारीका कारण तेस्रो संस्करण स्थगित भएको थियो।

पाँच वर्षपछि तेस्रो संस्करण पुनः निरन्तरता दिँदै आयोजना हुन लागेको हो।

अडिसन तालिका यसप्रकार रहेको छ:

• पहिलो अडिसन: वैशाख ६ गते, हाङकुक साराङ कोरियन रेष्टुरेन्ट, धरान–९

• दोस्रो अडिसन: वैशाख १३ गते, चौथो रेष्टुरेन्ट, धरान–१०

• अन्तरक्रिया कार्यक्रम: वैशाख १८ गते, प्रतिस्पर्धी तथा अभिभावकसहित

छनौट भएका सहभागीहरूलाई वैशाख २० गतेदेखि तीन हप्ते विशेष प्रशिक्षण दिइनेछ, जसमा महिला सशक्तिकरण, लैंगिक समानता, उद्यमशीलता, भाषण कला, पत्रकारिता, स्वास्थ्य, आत्मरक्षा, संस्कृतिको संरक्षणलगायत विषयमा विशेषज्ञहरूबाट तालिम दिइने आयोजकले जानकारी दिएको छ।

पुरस्कारहरू यस प्रकार छन्:

• विजेता: नगद रु ५१,०००, क्राउन, ट्रफी, गिफ्ट ह्याम्पर

• फर्स्ट रनर अप: रु २५,०००

• सेकेन्ड रनर अप: रु १५,०००

साथै, मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटी, मिसेस फ्रेन्डशिप, मिसेस स्माइल, पिपुल्स च्वाइस लगायतका शीर्षक अवार्डसमेत प्रदान गरिनेछ।

मिसेस स्टेट २०२५ सिजन–३ मार्फत महिलाहरूको आत्मबल, नेतृत्व र सामाजिक चेतनालाई अझ सशक्त बनाउने लक्ष्य राखिएको आयोजकको भनाइ छ।

Messenger_creation_BB7D313D-1B41-46FF-8292-96EB0F4C8EBB

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved