धरानमा महिलाका लागि दुई दिने प्रभावकारी उद्घोषण तालिम सुरु

  • चैत ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ महिलाहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धरानमा दुई दिने प्रभावकारी उद्घोषण कला तालिम सुरु भएको छ।

धरान-९ आचार्य लाइनस्थित गरिमा डान्स सेन्टरको हलमा सुरु भएको तालिमको आयोजना संगम महिला समूह धरानले गरेको हो।

कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष रामकला राईले गर्नु भएको थियो भने उद्घाटन धरान उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष नरेशकुमार इवारमले गर्नु भयो।

उक्त तालिम धरान उपमहानगरपालिका वडा नं. १५ को सहकार्यमा सञ्चालित छ।

तालिममा संगम महिला समूहसँगै फूलबारी आमा समूह, हातेमालो उद्यमी महिला समूह, मखमली आमा समूह, निराजन महिला समूह, श्यामचोक आमा समूह, सुन्दर महिला समूह, दिव्यज्योति महिला बचत तथा ऋण सहकारी संस्था, पञ्चेबाजा समूह लगायत धरानका विभिन्न वडाबाट १० वटा समूहका २१ जना महिलाहरुको सहभागिता रहेको सचिव कृष राईले जानकारी दिइन्।

तालिमको प्रशिक्षक एरा आर्ट एण्ड मिडिया प्रा.लि.की सञ्चालक सन्जु राई (सुमित्रा) रहेकी छिन्।

कार्यक्रममा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. १५ की सदस्य सृजना नेपाल, वडा सदस्य रंगलाल गिरी, बादल भट्टराई, हातेमालो उद्यमी महिला समूहकी अध्यक्ष लिला ढकाल, फूलबारी आमा समूहकी अध्यक्ष जमुना खड्का, मखमली आमा समूहकी अध्यक्ष मेनुका खड्का,

निराजन महिला समूहकी उपाध्यक्ष सुनिता लिम्बु लगायतको आतिथ्य रहेको थियो।

IMG-20250411-WA0003

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved