ढकमक्क गुराँस, झलझल हिमाल:पाटेनागीमा स्वर्गको आभास

  • चैत २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt -भगीरथ भण्डारी

इलाम/ चिसो हटिसकेको छ, गर्मी आउन बाँकी छ। यतिबेलाको मौसम वसन्तको रङमा रङ्गिन भएको छ। बोटबिरुवाका पुराना पात झरेका छन्, तिनको ठाउँमा नयाँ पालुवाले हरियाली थपेका छन्।

अनि त्यसकै साथमा ढकमक्क फुलेका गुराँसले पाटेनागीलाई स्वर्गजस्तै बनाइदिएको छ।

पाटेनागी पुग्ने जो कोहीको मन त्यहाँबाट फर्किन चाहँदैन। गुराँसको रङ्ग, चराचुरुङ्गीको चिरबिर, र आँखैअगाडि देखिने हिमशृङ्खलाले जो कसैलाई पनि मोहित बनाउँछ। वसन्त ऋतुको यो बेला पाटेनागी पुग्न सबैभन्दा उपयुक्त समय हो।

गुराँस र हिमालको अनुपम संगम

पाटेनागीमा अहिले लालिगुराँस ढकमक्क फुलेका छन्। तीन हजार मिटरको उचाइबाट देखिने सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमालले झन् दृश्यलाई जादुमय बनाउँछ। सुर्योदय र सुर्यास्तको मोहक दृश्य, अनि समथर भूभागसम्मको दृश्यावलोकनले प्रकृति प्रेमीलाई लोभ्याउँछ।

जैविक विविधताको खानी

पाटेनागी क्षेत्र जैविक विविधताले भरिपूर्ण छ। यहाँ रेडपाण्डा, थार, कालो भालु, चरीबाघ, सालक, राजपंखी, मुनाल, गिद्ध, कालिजदेखि लिएर सयौं प्रजातिका वन्यजन्तु र चराचुरुङ्गी पाइन्छन्। त्यस्तै, गुराँस, सुनाखरी, चिराइतो, जटामसी, सर्पगन्धा लगायतका बहुमूल्य जडीबुटीको खानी पनि यहीँ छ।

छिन्टापु : अर्को स्वर्गको झल्को

पाटेनागी नजिकैको छिन्टापु पनि पर्यटकका लागि आकर्षक गन्तव्य हो। यहाँ फागुनदेखि बैशाखसम्म चाँप गुराँस र सुनाखरीले डाँडा रंग्याउँछ। यहाँबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल झलझली देखिन्छन्। दर्जनौं पोखरीहरू र साँस्कृतिक महत्वले छिन्टापुलाई झनै विशेष बनाएको छ।

यात्रा र पहुँच

इलाम नगरपालिका–३, पुवामझुवा क्षेत्रअन्तर्गत पर्ने पाटेनागी इलाम सदरमुकामबाट ४० किलोमिटर टाढा छ। बागखोर बजारबाट ६ किलोमिटर कच्ची सडक पार गरेपछि त्यहाँ पुग्न सकिन्छ। पदयात्राको विकल्प पनि छ।

पाटेनागी र छिन्टापु इलामको प्रकृतिक उपहार हुन्—जहाँ गुराँस फुल्छ, हिमाल बोल्छ, र आत्मा शान्त हुन्छ। वसन्तको घाम, हरियाली र गुराँसको सुगन्ध सँगै स्वर्गको अनुभूति लिन चाहने जो कोहीका लागि।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved