झापा र मोरङमा चट्याङ लागेर दुई जनाको मृत्यु

  • चैत २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  झापा र मोरङ जिल्लाको दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

चैत्र २७ गते बिहान ७ बजे झापाको गौरादह नगरपालिका–५, बालुबथानमा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको हो।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ घर भई हाल बालुबथानमा बस्दै आएकी ५४ वर्षीया दूधकुमारी लावतीलाई भान्साकोठा छेउमा चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाएको छ।

त्यसैदिन दिउँसो १२स्३० बजे मोरङको कानेपोखरी गाउँपालिका–१, होक्लाबारीस्थित मामाघर आएका १२ वर्षीय आविष्कार बराललाई वर्षासँगै परेको चट्याङ लाग्दा गम्भीर घाइते भएका थिए।

सुनसरीको इटहरी स्थायी घर भएका बालकको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

 depot secondary 3x5 2082 admission_1743408290

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved