कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा, भोलि तीनजुरेबाट सुरु हुँदै

  • चैत २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेश सरकारले लक्षित गरेको कोशी पर्यटन वर्ष २०८२ को उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको छ। भोलि चैत्र २७ गते, तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको औपचारिक शुभारम्भ हुने भएको छ।

पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। पर्यटन वर्ष सञ्चालनको मुख्य उद्देश्य कोशी प्रदेशको पर्यटन प्रवर्धन, आर्थिक समृद्धि र पूर्वाधार विकासलाई तीव्र बनाउनु रहेको प्रदेश सरकारले जनाएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनलाई प्रदेशको राष्ट्रिय पुँजी विकासको आधार बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जानकारी दिए।

उनले भने, “प्राकृतिक सुन्दरताले भरिपूर्ण कोशी प्रदेशका मनोरम क्षेत्रमा पूर्वाधार विकास गर्दै पर्यटनलाई दिगो बनाउने यो अभियानको यो वर्ष आधारशिला हुनेछ।”

उनका अनुसार कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि पर्याप्त सम्भावना रहेको र त्यसका माध्यमबाट प्रदेश समृद्धि तर्फ उन्मुख हुने विश्वास व्यक्त गरेका छन्।

प्रदेश सरकारले भारतबाट आउने पर्यटकहरूलाई सहजता प्रदान गर्न विशेष व्यवस्था मिलाउने तयारी गरेको छ।

नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा आउने पर्यटकीय बस तथा सवारी साधनहरूमा स्टिकर टाँसिनेछ। यस्तो स्टिकर भएको सवारीमा यात्रा मिति निर्धारण गरेपछि बीच बाटोमा अनावश्यक चेकजाँच नगर्ने व्यवस्था गरिएको छ।

पर्यटन वर्ष भव्य रूपमा मनाउन पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति निर्माण गरी तयारीलाई तीव्रता दिइएको प्रदेश सरकारद्वारा जनाइएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved