धरान पानबारीको जंगलमा महिलाको शव भेटियो

  • चैत २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान ६ पानवारीको जंगलमा एक महिलाको हत्या गरी शव लसुनेको रुखमुनि फालिएको अवस्थामा फेला परेको जनाइएको छ ।
आज दिउँसो धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या सामुदायिक वनभित्र अन्दाजी ३० वर्ष जतिकी देखिने महिलाको शव भेटिएको हो।

स्थानीयवासी गोठालो गएका बेला शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार शव भेटिएको स्थानमा फरेन्सिक टोलीसहित तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाइएको छ।

उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ भने कोशी प्रदेशका विभिन्न प्रहरी इकाइहरूसँग हुलियाका आधारमा समन्वय भइरहेको छ।शवको अवस्था र घटनास्थलको प्रारम्भिक अवलोकनका आधारमा महिलाको घाँटी कसेर हत्या गरिएको आशंका गरिएको छ। त्यसपछि शवलाई लसुनेको रुखमुनि अड्याएर छाडिएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको प्रकृति अत्यन्तै गम्भीर र संकास्पद रहेको भन्दै सबै कोणबाट अनुसन्धान सुरु गरिएको बताएको छ। मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।एसपी तिम्सिनाले भने, “यो कर्तव्य गरेर मारेको जस्तो प्रारम्भिक अनुमान छ। अब गहिरो अनुसन्धान गरेर वास्तविकता पत्ता लगाउन प्रहरी जुटेको छ।”

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved