अरनिको आवासीय विद्यालयबाट १ हजार ८ जना विद्यार्थीको भव्य विदाई

  • चैत २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  “शिक्षाको बगैंचाबाट अब जीवनको मैदानतिर‘” यस्तै भावनाले भरिएको थियो विराटनगर–१० स्थित अरनिको आवासीय माध्यमिक विद्यालयको प्राङ्गण, जहाँ कक्षा १२ का १ हजार ८ जना विद्यार्थीहरूलाई भव्य र भावनात्मक समारोहबीच बिदाइ गरियो।

शनिबार( २३गते) आयोजित उक्त कार्यक्रममा विज्ञान संकायका ९३३ र होटल म्यानेजमेन्टका ७५ जना विद्यार्थीलाई मायाको चिनोसहित नयाँ यात्राको शुभकामना दिइएको थियो।

विद्यालयका प्राचार्य राजेश कार्की, संस्थापक निर्देशक डा. भविन्द्र निरौला, विकास खनाल, प्राध्यापक विमल भट्टराई लगायत शिक्षकहरूले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै प्रेरणादायी मन्तव्य दिएका थिए।

कार्यक्रमको विशेष आकर्षण बनेकी कक्षा १२ की आदिति गिरीले अरनिकोमा बिताएका दुई वर्षलाई सम्झँदै भावुक ढंगले भनिन् —यो कलेज केवल पढाइको ठाउँ होइन, हामीलाई आत्मविश्वास, आत्मबल र जीवन बुझ्ने तरिका सिकाउने मञ्च हो।

विदाई कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, हाँस्य प्रस्तुतिहरूमार्फत सम्झनलायक वातावरण बनाएका थिए।

हर्ष, आशा र स्नेहले भरिएको समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियोे ।

arnko-c

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved