धरान/ प्रविधिको विसकासँगै सहज र सरलसँगै सुरक्षित प्रक्रियालाई अगाडि बढाउन सकून भन्ने उद्देश्यले धरानमा महिला लक्षित ‘फोन पे’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।
सुनसरी उद्योग वाणिज्य सघले विभिन्न बैंकहरुसँगको संयुक्त आयोजनामा महिला उद्यमीहरुलाई सुरक्षित र सहज ढंगबाट प्रवृधिको माध्याबाट फोनबाटै कारोबार गर्न सकून भन्ने अभिप्रायले तालिमको आयोजना गरिएको हो ।
सो अवसरमा सहजीकरणको भूमिकामा रहनु भएका निश्चल श्रेष्ठले फोन पेको सर्भिस, अनलाई पे लगायतका कुराहरु कसरी गर्न सकिन्छ भन्ने कुरा युवा उद्यमी महिलाहरुलाई सिकाएको बताउनुभयो ।
सुरक्षित सँगले फोनबाटै कसरी कारोबार गर्न सकिन्छ भन्ने कुरा प्राक्टिकल रुपमा गरेर उद्यमी महिलारुलाई सिकाएको बताए ।
सो अवसरमा तालिममा सहभागी प्रशिक्षार्थीहरुले समयमाअनुसार फोनमार्फत अनलाइन पे गर्नै कुरा व्यावहारिक रुपमा सिक्न पाएको बताएका थिए ।
हात हातबाट कारोबार गर्दा विश्वास भए पनि फोन पेबाट कारोबार गर्दा शुरु शुरुमा अविश्वास भए पनि पछिल्लो समय यो व्यवहारिक र सुरक्षित रहेको पाइएको तालिममा सहभागी धरान ३ कि निकिता साहीले बताइन् ।
लामो सफर गर्दा धैरै रकम बोकेर जाँदा चोरी हुने डर विगतमा हुन्थ्यो । अहिले हरेक व्यवसायिक फर्म तथा पसलमा फोन पे राखिएको हुन्छ ।
प्रविधिको भरपुर सदुपयोग गर्दा रकम सुरक्षित हुने र ढुक्कसँग हिडडुल गर्न सकिने भएकोले फोनमार्फत अनलाइन पे प्रभावकारी रहेको प्रशिक्षार्थीहरुले बताएका थिए ।
धरानकै ज्ञानशोभा शाक्यले आफू पुरानो व्यवसायी भएको बताउदै विगतमा हात हातमा रकम लिएर कारोबार गर्दा समस्या हुने गरे प्रविधिको विसकासँगै फोन पे सिस्टम सहज, भरपर्दौ र सुरक्षित हुने बताइन् ।
सुनसरी उद्योग वाणिज्य सघको सभाहलम भएको तालिममा धरानका ५० भन्दा बढी महिला उद्यमी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
प्रविधिको विकासलाई महिला उद्यौगी तथा व्यापारीहरुले भरपुर प्रयोग गर्न सकून भन्ने अभिप्रायले तालिमको आयोजना गरिएको आयोजकको भनाई छ ।